Breaking News
चर्चामा:

नेशनल प्याब्सन भक्तपुरको एकीकृत पाठ्यक्रममा आधारि वृहत शिक्षक प्रशिक्षण सम्पन्न

नेशनल प्याब्सन भक्तपुरको एकीकृत पाठ्यक्रममा आधारि वृहत शिक्षक प्रशिक्षण सम्पन्न

नेशनल प्याब्सन भक्तपुरको एकीकृत पाठ्यक्रममा आधारि वृहत शिक्षक प्रशिक्षण सम्पन्न

भक्तपुर, ४ असार । नेशनल प्याब्सन भक्तपुरले एकीकृत पाठ्यक्रममा आधारित रहेर आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ शिक्षक शिक्षिकालाई वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।

जेठ ५ गतेदेखि असार १ गतेसम्म बिभिन्न चरणमा सञ्चालन भएको प्रशिक्षणमा बिभिन्न कक्षाहरुको परिवर्तित पाठ्यक्रममा आधारित रहेर प्रशिक्षण दिईएको थियो ।
एन प्याब्सन भक्तपुरले परिवर्तित कक्षा १–३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र १५ गते दुई चरण गरी एक होटलमा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण गरिएको थियो नेशनल प्याब्सन भक्तपुरको अध्यक्ष सञ्जय खड्काले जानकारी दिनुभयो । हरिहर तिमिल्सिना र हरि प्रसाद रेग्मीले सहजीकरण गर्नु भएको कक्षा १–३ को प्रशिक्षण उपलबधीमूलक भएको छ ।

त्यसैगरि कक्षा ४–१० सम्मको विषयगत रूपमा पाठ्यक्रम, सिकाइ उपलब्धि, आन्तरिक तथा बाह्य मूल्याङ्कन, प्रश्नपत्र निर्माण एवम् उत्तर लेखन लगायतमा नेसनल प्याब्सनका सदस्य विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण गरिएको थियो । सिपाडोलको एक रिसोर्टमा २०८१ जेठ २६ गते आयोजित कार्यक्रम नेपाली विषयको हरिहर तिमिल्सिनाद्वारा र विज्ञान विषयको सुशील खनालद्वारा प्रशिक्षण गरिएको थियो ।

त्यसै गरी २०८१ असार १ गते सामाजिक विषयको दीपक मरहठ्ठा र जीवन पन्थीले प्रशिक्षण दिनु भएको कार्यक्रममा सोही दिन विज्ञान विषयको डा. चिन्तामणि पन्थीले शिक्षकहरूलाई सहजीकरण गर्नु भएको नेसनल प्याब्सन भक्तपुरका सचिव कुमार थापामगरले दिनुभयो ।
नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष रामप्रसाद खाताखोले सबै सदस्य विद्यालयहरुको ऐक्यवद्धता र सहयोगबाट यस्ता प्रशिक्षणहरु निरन्तर सञ्चालन गर्ने बताउनुभयो ।

नेसनल प्याब्सन भक्तपुरले करिब एक महिनाको अन्तरालमा कक्षा १–३ को एकीकृत पाठ्यक्रम र कक्षा ४–१० को चारवटा विषय नेपाली, गणित, विज्ञान र सामाजिकको प्रशिक्षण गराउँदा विद्यालयमा प्रशिक्षित शिक्षकहरूले सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन सक्ने नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष खड्काले बताउनुभयो । यस्ता विषयगत एवं वृहत प्रशिक्षणले शिक्षकहरूको क्षमता अभिवृद्धि हुने उहाँले बताउनुभयो ।

कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुराउनु हुने सत्यशक्ति पुस्तक भण्डारका महेश थापा लगाएत एलाइड, ओएसिस, बुद्ध र ग्रीन पब्लिकेशनलाई नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापाले धन्यवाद व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका