२०८३ वैशाख ५ र ६ गते, “प्रथम बागमती प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०८३” भव्य रुपमा सम्पन्न
चाँगुनारायण नगरपालिका र बागमती प्रदेश फुल कन्ट्याक्ट कराते महासंघको संयुक्त आयोजनामा प्रथम बागमती प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०८३ सफलतापूर्वक सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सम्पन्न यस दुई दिवसीय प्रतियोगितामा २८० जना खेलाडीले कुल ८ भिन्न पुरुष तथा ८ महिला ताैल समुहमा प्रतिस्पर्धा भएकाे थियाे। उक्त खेलको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री माननीय उर्मिला नेपालज्यूको प्रमुख आतिथ्यमा भएको थियो।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धन बहादुर लामाज्यू, अन्य विशिष्ट अतिथिहरु, विभिन्न कराते संघका ब्रान्च चिफज्यूहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुका साथै भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाज्यूको विशिष्ठ उपस्थिति रहेको थियो।

यसैगरी चाँगुनारायण नगर खेलकुद विकास समितिका संयोजक रघु केसीज्यू तथा युवा तथा खेलकुद शाखाका अधिकृत दिपेश कुमार थापाज्यूको पनि उपस्थिति थियो।

अतिथिहरुलाई सम्मान गर्दै सम्पन्न यस प्रतियोगिताले प्रदेश स्तरमा खेलाडीहरुको क्षमता प्रदर्शन र अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने बिश्वास लिइएकाे छ।
प्रतिक्रिया दिनुहोस्