Breaking News
चर्चामा:

चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, श्रीकृष्ण मावि पुनः विजेता

चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, श्रीकृष्ण मावि पुनः विजेता

चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, श्रीकृष्ण मावि पुनः विजेता

चाँगुनारायण नगरपालिका — चाँगुनारायण नगरपालिकाको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत् खेलकुद प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समग्र पदक तालिका अनुसार श्रीकृष्ण माध्यमिक विद्यालयले १३ स्वर्ण, ११ रजत र १ कास्य गरी कुल २५ पदक हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको छ। यससँगै श्रीकृष्ण माध्यमिक विद्यालयले लगातार चौथो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको छ।

प्रतियोगितामा चाँगुनारायण माध्यमिक विद्यालय दोस्रो तथा महेन्द्र ग्राम माध्यमिक विद्यालय तेस्रो स्थानमा रहन सफल भए। अन्य विद्यालयहरूले पनि विभिन्न खेल विधामा प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै प्रतियोगितालाई थप रोचक बनाएका थिए।

समापन समारोहमा विजयी विद्यालय, खेलाडी तथा प्रशिक्षकहरूलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो। प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद रु. १ लाख सहित सम्मान गरिएको आयोजकले जनाएको छ।

कबड्डी, भलिबल, एथलेटिक्स, कराते, उसु, तेक्वान्दो, क्रिकेट, ब्याडमिन्टन र फुटसल लगायतका खेल समेटिएको यस प्रतियोगितामा ३५ विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।

आयोजकका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका