Breaking News
चर्चामा:

अन्तरपुस्ता संवाद कार्यक्रममार्फत जेष्ठ नागरिक र बालबालिकाबीच सम्बन्ध सुदृढ बनाउँदै चाँगुनारायण नगरपालिका

अन्तरपुस्ता संवाद कार्यक्रममार्फत जेष्ठ नागरिक र बालबालिकाबीच सम्बन्ध सुदृढ बनाउँदै चाँगुनारायण नगरपालिका

अन्तरपुस्ता संवाद कार्यक्रममार्फत जेष्ठ नागरिक र बालबालिकाबीच सम्बन्ध सुदृढ बनाउँदै चाँगुनारायण नगरपालिका

चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाको साझेदारी स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वस्थ बुढयौलीका लागि सहारा परियोजना चाँगुनारायण नगरपालिकाको नौ नैवटा वडाहरूमा सञ्चालन भइरहेको छ। उक्त कार्यक्रममा ६० वर्षभन्दामाथिका सबै जेष्ठ नागरिकहरूलाई समावेश गरिएको छ। कार्यक्रममा जेष्ठ नागरिकलाई एक्लोपन कम गर्न विभिन्न खालका कार्यक्रमहरू सञ्चालनमा आइरहेको छ। यसै कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक र बालबालिकामा रहेको ग्यापलाई कम गर्नका लागि अन्तरपुस्ता संवाद तथा अन्तरक्रिया कार्यक्रम विभिन्न विद्यालयहरूमा सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा जेष्ठ नागरिकलाई आफ्ना नातिनातिनाहरूबाट के अपेक्षा छ र जेष्ठ नागरिकबाट बच्चाहरूले धेरै कुरा सिक्न सक्ने रहेछन् भन्ने बारेमा बताइएको थियो। यस कार्यक्रममा जेष्ठ नागरिक मिलन चौतारीका विभिन्न पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो र जेष्ठ नागरिकले आफ्ना नातिनातिना बोल्दिए मात्र पनि धेरै खुसी मिल्ने कुरा व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रम चाँगुनारायण नगरपालिकाको सामुदायिक विद्यालयहरु मनोहरा आ.बि, विनायक सरस्वती आ.बि, गणेश आवि, कालिका मा.वि, चुनादेवी मा.वि,नगरकोट आ.वि,र देवी मा.विमा सञ्चालन गरिएको थियो। उक्त विद्यालयका प्रधानाध्यापकहरूले पनि आफ्नो जीवनकालमा जेष्ठ नागरिकहरूप्रति गरिएको व्यवहार जेष्ठ नागरिकले आफूप्रति गरेका व्यवहार र जेष्ठ नागरिकसँग धेरै कुरा सिकेको अनुभवहरु आदानप्रदान गर्नुभएको थियो। र विद्यार्थीहरूले पनि आफ्ना हजुरबुवा हजुरआमासँग निकै नै राम्रो सम्बन्ध रहेको बताउनुभयो। कतिपय बच्चाहरु त आफ्ना जेष्ठ नागरिकसँग भएको सम्बन्धका बारेमा भावनात्मक समेत हुनुभएको थियो र बच्चाहरूले जेष्ठ नागरिकबाट धेरै कुराहरू सिकेका रहेछन् जस्तै गाउँ खाने कथा, कथा, चुट्किला वा विभिन्न प्रसङ्गहरुमा उनीहरुले आफ्नो हजुरबा हजुरआमासँग विद्यालयमा भएका कुराहरु गर्नेदेखि लिएर सबै कुराहरु गर्ने गरेका रहेछन् र सेयर नगर्ने बोल्दा पनि नबोल्ने भेटघाट नगर्ने बच्चाहरुले पनि अबदेखिबाट जेष्ठ नागरिकसँग बोल्ने भेटघाट गर्ने र सम्बन्धलाई सुमधुर बनाउन प्रयास गर्ने बताएका थिए।   

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका