Breaking News
चर्चामा:

नगर प्रमुख खत्रीदेखि प्रदेश सांसद श्रेष्ठसम्मको टोलीद्वारा पेप्सीकोला तेलकोट सडक अनुगमन

नगर प्रमुख खत्रीदेखि प्रदेश सांसद श्रेष्ठसम्मको टोलीद्वारा पेप्सीकोला तेलकोट सडक अनुगमन

इन्द्रेको खोल्छा तत्काल मर्मत हुने

नगर प्रमुख खत्रीदेखि प्रदेश सांसद श्रेष्ठसम्मको टोलीद्वारा पेप्सीकोला तेलकोट सडक अनुगमन

चाँगुनारायण, २७ साउन । वर्षामा सडकमा पहिरो जाने र सडकमा समस्या आउन थालेपछि सडकको अबस्था बुझ्न एवं सडकको ममंतको काम थाल्न आज पेप्सीकोला तलकोट सडकको अनुगमन गरेको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्का, सडक आयोजनाका प्रमुख राजु श्रेष्ठलगायतको टोलीले सडकको अनुगमन गर्नु भएको थियो । टोलीले चाँगुनारायणको इन्द्रेको खोल्छामा गएको पहिरोको तत्काल रोकथाम गरि सडक मर्मत गर्दै सहज आवातजावत गर्ने गरि समस्या समाधान गर्ने भएको छ ।

नगर प्रमुख जीवन खत्रीले अनुगमनकै क्रममा स्थानीयलाई आवतजावत गर्न सहज हुने गरि तत्काल इन्द्रेको खोल्छाको सडम मर्मत गर्ने र वर्षा सकिए पछि सडक पक्कि गर्ने कार्य निरन्तरता दिने बताउनु भयो । उहाँले खोल्छामा कलभर्ट बनाएर आवत जावतमा सहजता ल्याउन सकिने बताउनुभयो । नगर प्रमुख खत्रीले नगरवासीको समस्यामा जनप्रतिनिधि सधै साथै हुने बताउदै तत्काल आएको समस्यालाई अस्थायी रुपमै भएपछि समाधान तर्फ लाग्ने र एक महिना पछि वर्षा लगत्तै दीर्घकालिन रुपमा बहुबर्षिय आयोजना अन्तर्गत सडक निर्माण हुने बताउनुभयो ।

     

अनुगमनमा प्रदेश सांसद सुरेश श्रेष्ठले प्रदेश सरकारबाट आएको बजेटलाई बहुवर्षीय आयोजनामा राखेर सडकलाई दीर्घकालिन रुपमा समस्या नआउने गरि बिस्तार र निर्माण हुने बताउनुभयो ।  उहाँले करिब २४ किलोमिटर सडकका लागि प्रदेश सरकारबाट रु. १० करोडको बजेटमा आयोजना सुरु भएको बताउदै चालू आर्थिक वर्षको नयाँ बजेटमा पनि यो सडकका लागि बजेट विनियोजन भएकाले यसलाई बहुवर्षिय योजनाकै रुपमा अगाडि बढाउने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले सडक निर्माणकै क्रममा गतवर्षका वर्षा र यसवर्षको वर्षाले पहिलाृलगायतको समस्या भएकाले ठूलो बजेटमा काम गर्न जनप्रतिनिधि लागेको बताउनुभयो ।  उहाँले स्थानीयको तत्कालको समस्या समाधानका लागि तत्कालै काम सुरु गरेर सहज आवागमनको व्यबस्था गरिने बताउनुभयो ।

चानपा–५ का वडाध्यक्ष जयन्द्र खड्काले सडकका कारण जनगुनासो बढेकाले सडक आयोजनाले छिटो काम सुरु गर्नु पर्ने बताउनुभयो । हामीले बाटोको लागि जग्गा दिए पनि हाम्रो ठाउँमा किन बाटो बनेन भनेर जनगुनासो बढेको उहँले बताउनुभयो । सडक आयोजनाका प्रमुख राजु श्रेष्ठले तत्काल काम सुरु गरेर सहजता प्रदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका