Breaking News
चर्चामा:

ल्याब सेवा शुभारम्भ गर्दै नगर प्रमुख खत्रीले भन्नुभयो : भयावह बन्दै आएको नसर्ने रोगको अब मुहान नै बन्द गर्नुपर्छ

ल्याब सेवा शुभारम्भ गर्दै नगर प्रमुख खत्रीले भन्नुभयो : भयावह बन्दै आएको नसर्ने रोगको अब मुहान नै बन्द गर्नुपर्छ

ल्याब सेवा शुभारम्भ गर्दै नगर प्रमुख खत्रीले भन्नुभयो : भयावह बन्दै आएको नसर्ने रोगको अब मुहान नै बन्द गर्नुपर्छ
==================================================

स्वास्थ्य जीवन बनाउन निरन्तर रुपमा नगरपालिका लागिरहेको बताउदै नगर प्रमुख खत्रीले भन्नुभयो, “हाम्रा नागरिकलाई सुरक्षित र स्वास्थ्य राख्न हरपल हामी लागिरहेका छौ, सबै वडाका शहरी स्वास्थ्य केन्दै र स्वास्थ्य केन्द्रहरुलाई नगर अस्पतालसंग जोडेर थप सेवाहरु दिने गरि बिस्तार गरेका छौँ । सबै वडाका स्वास्थ्य केन्द्रहरुलाई नगर अस्पतालसंग जोडेर थप उपचार र स्वास्थ्य सेवा कसरी उपलब्ध गराउने भनेर लागिरहने छौँ । वडा नं. १ बाहेक अरु सबै वडामा ल्याब सेवा सुरु गरिसकेका छौँ, केही समय पछि त्यहाँ पनि सुरु गर्नेछौ र चाँगुनारायण नगरलाई स्वास्थ्य क्षेत्रको हव बनाउँने छौँ ।”

==================================================
झौखेल १ साउन :  चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित शहरी स्वास्थ्य केन्द्रमा आजबाट ल्याब सेवा समेत सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बुधबार झौखेल शहरी स्वास्थ्य केन्द्रको ल्याब सेवाको शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा उहाँले जुन उदेश्यले यो सेवा सुरु गरिएको हो त्यसको उपलब्धीता हासिल गर्न नियमित सेवा सञ्चालन र सेवाग्राहीको विश्वास भरोसा एवं प्रयोग नियमित हुन आवश्यक रहेको बताउनुभयो । उहाँले रोग लागेर उपचारमा जानु भन्दा पनि  रोग लाग्न नदिने उपाय र बाटो खोज्नु पर्नेमा जोड दिदै स्वास्थ्य समस्या समयमै पत्ता लगाएर छिटो उपचारमा जान सके रोग निको हुने बताउनुभयो ।
मानिसले आफ्नो दैनिकी जीवन र आहार विहारलाई स्वस्थ्य जीवनसंग जोडेर स्वास्थ्यमा सुरक्षित हुने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउदै नगर प्रमुख खत्रीले स्वास्थ्यमा सधै सबै सचेत हुनुपर्ने बताउनुभयो ।  चाँगुनारायण नगरवासीलाई स्वास्थ्य राख्न नगरपालिकाले जनचेतना फैलाउने, स्वास्थ्य केन्द्रदेखि नगर अस्पतालसम्म बिभिन्न रोगको उपचार सेवा बिस्तार गर्ने, उपकरणहरु थप गर्दै लैजाने कार्यमा निरन्तर लागिरहेको बताउदै यस्ता कार्यमा आमनागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “आफू कसरी स्वस्थ्य हुन्छु मेरो शरीरलाई रोग लाग्न दिन्न भन्ने प्रतिबद्धता गरेर नजाने अनि अस्पताल गएर औषधि खाएर म सुरक्षित हुन्छु भन्ने परिकल्पना गर्नु हदैन, पहिला आफू सुरक्षित र स्वस्थ्य कसरी रहन सक्छु भनेर अगाडि बढ्नु पर्छ । व्यबहारिक जीवनसंगै खानपानमा सुधार गर्नुपर्छ र सधै सचेत हुनुपर्छ ।”
पछिल्लो समय सर्ने रोग भन्दा पनि नसर्ने रोग भयावह र महामारीको रुपमा फैलिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसलाई रोक्नु आजको आवश्यकता भएको औल्याउनुभयो ।
क्यान्सर, मिर्गौला जस्ता नसर्ने रोगका कारण स्वास्थ्य पनि जोगाउन नसक्ने, जीवन पनि जोगाउन नसक्ने, सम्पत्ति पनि जोगाउन नसक्ने गरि सबै सिद्धिने परिस्थिति नसर्ने रोगले भयावह रुपमा ल्याएको बताउदै उहाँले चाँगुनारायण नगरपालिका पनि यसमा अछूतो नरहेको बताउनुभयो । चाँगुनारायण नगरपालिकामा पनि धेरै यस्ता परिस्थिति आएको बताउदै उहाँलसबै नागरिक यसतर्फ सचेत र सुरक्षित भएर लाग्नु पर्ने उहाँको भनाई थियो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “तपाई हाम्रै घर अगाडि रहेको तरकारीको टनेलमा व्षपक रुपमा हने विषादीको प्रयोगले नसर्ने रोगहरु बढीरहेको छ, तरकारी र खाद्य पदार्थमा विषादीको प्रयोग गर्नु भएन, तरकारीमा विषादीको बिकल्पन व्यवसायीले खोज्नु पर्छ । विषादी प्रयोग गरेको खोनकुरा खानु भएन, बजारमा आएका वा टनेलमा फलेका तरकारी खान योग्य छ कि छैन, विषादी प्रयोग भएको भएको छ कि छैन, जान्नु जरुरी छ । व्यबहारिक जीवनमा निको नहुने गम्भिर रोग लाग्न नदिने उपाय आफू संगसंगै लिएर जानु जरुरी छ ।”
मानव जीवनमा कुनै न कुनै कारणले रोग लागिहाल्यो भने समयमा  उपचारमा गयो भने जीवन सुरक्षित हुन्छ । निको पार्न स्क्छाँ, उपचारमा ध्यान पर्याउन सकेनौ भने जीवनमा ठलो संकट र समस्या आउँछ ।  चाँगुनारायणवासीमा घरघरमा खुसी ल्याउन नगरपालिकाले लगानी गरिरहेको बताउदै उहाँले नगरवासीले नगरपालिकाका काममा साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । नगरपालिकाका हरेक कदममा नगरवासीले सहयोग, समन्वय, सहकार्य गरे चाँगुनाराण नगरपालिका क्षेत्रलाई समृद्ध नगरपालिका र सुखी चाँगुनारायणवासी बनाउन सकिने उहाँले बताउनुभयो ।
झौखेल स्वास्थ्य चौकीमा आएको थेरापी मेशिन अझै सुचारु हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भोलीबाटै थेरापीलाई सञ्चालनमा ल्याउन, वडावासीलाई सेवा प्रवाह गर्न र ल्याब निरन्तर सञ्चालन गर्न निर्देशनसमेत दिनुभयो ।  थेरापी सञ्चालन एवं व्यबस्थापनको लागि नगरपालिका सहयोग गर्न तयार रहेको भन्दै उहाँले यसलाई भोली वा ढिलोमा पर्सीसम्ममा सञ्चालन गर्न निर्देशन दिनु भएको हो ।
शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र झौखेलमा ल्याउन नगरपालिकाल लागिरहेको बताउदै उहाँले चाँगुनारायण नगरपालिका भित्र ठूला ठूला अस्पतालहरु ल्याउन लागिरहेको बताउनुभयो ।  चाँगुनारायणवासीलाई सकेसम्म रोग लाग्न नदिन र सधै स्वस्थ्य राख्न नगरपालिकाले टोलटोलमा व्यायामशाला  खोलेको, योग, साधना, ध्यानलाई नगरपालिकाले प्राथमिकतामा राखेर सञ्चालन एवं सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
नगरपालिका नसर्ने रोगको मुहानलाई नै बन्द गर्न कृषि र स्वास्थ्यमा बिभिन्न योजना र कार्यक्रम अगाडि ल्याएको बताउदै उहाँले रोगको मुहान नै बन्द गराउने परिकल्पनालाई नगरवासीको साथ र समर्थन आवश्यक रहेको बताउनुभो । 
स्वास्थ्य जीवन बनाउन निरन्तर रुपमा नगरपालिका लागिरहेको बताउदै नगर प्रमुख खत्रीले भन्नुभयो, “हाम्रा नागरिकलाई सुरक्षित र स्वास्थ्य राख्न हरपल हामी लागिरहेका छौ, सबै वडाका शहरी स्वास्थ्य केन्दै र स्वास्थ्य केन्द्रहरुलाई नगर अस्पतालसंग जोडेर थप सेवाहरु दिने गरि बिस्तार गरेका छौँ । सबै वडाका स्वास्थ्य केन्द्रहरुलाई नगर अस्पतालसंग जोडेर थप उपचार र स्वास्थ्य सेवा कसरी उपलब्ध गराउने भनेर लागिरहने छौँ । वडा नं. १ बाहेक अरु सबै वडामा ल्याब सेवा सुरु गरिसकेका छौँ, केही समय पछि त्यहाँ पनि सुरु गर्नेछौ र चाँगुनारायण नगरलाई स्वास्थ्य क्षेत्रको हव बनाउँने छौँ ।”
कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले चाँगनारायण नगरपालिकाले नगर अस्पतालसंगै सबै वडाका शहरी स्वास्थ्य केन्द्र एव स्वास्थ्य चौकीहरुमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने गरि अगाडि बढिरहेको बताउनुभयो ।
वडा नं. ३ झौखलका वडाध्यक्ष श्यामसुन्दर धिमालले नगरवासीले निःशुल्क रुपमा स्वास्थ्य उपचार गर्ने परिकल्पना गरिरहेको भन्दै यसलाई साकार पार्नु पर्ने बताउनुभयो ।
उहाँले विकास भनेको सडक, खानेपानी, ढल, भवन मात्रै होइन, स्वास्थ्य र स्वाथ्य उपचारको व्यबस्था र त्यसका लागि गरिने लगानी पनि विकास भएकाले यस्ता बिकासलाई अबका दिनमा नागरिकसंग जोडिने गरि लैजाने बताउनुभयो । उहाँले थेरापीलाई पनि जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख खत्री र वडाध्यक्ष धिमालले आफ्नो रगत परीक्षण गरि ल्याब सेवाको शुभारम्भ गर्नु भएको थियो । ल्याब सेवा सुरु भएसंगै अब यहाँका नागरिकलाई ल्याब परीक्षणका लागि भक्तपुरका अस्पताल एवं स्वास्थ्य संस्थासम्म धाउनु नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका