Breaking News
चर्चामा:

चाँगुनारायण मन्दिरमा एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटकको आगमन, कूल रु. एक करोड १९ लाख राजस्व संकलन

चाँगुनारायण मन्दिरमा एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटकको आगमन, कूल रु. एक करोड १९ लाख राजस्व संकलन

चाँगुनारायण मन्दिरमा एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटकको आगमन, कूल रु. एक करोड १९ लाख राजस्व संकलन
चाँगुनारायण, १४ साउन : विश्व सम्पदा सूर्चीमा सुचिकृत एवं विश्व प्रसिद्ध एतिहासिक चाँगुनारायण मन्दिरमा एक वर्षमा कूल ३१ हजार २२५ विदेशी पर्यटकको आगमन भएको छ ।  आर्थिक वर्ष २०८१/०८२ को १२ महिनामा चाँगुनारायण मन्दिरको अवलोकनका लागि उक्त संख्यामा विदेशी पर्यटकको आगमन भएको चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतले जानकारी दिनुभयो ।
विदेशी पर्यटकमा पनि भारत लगायत सार्क राष्ट्रबाट ५ हजार ७५६ पर्यटकको आगमन भएको उहाँले जानकारी दिनुभयो । त्यसबाहेक यूरोपियन देशहरुबाट २५ हजार ४५९ पर्यटकको आगमन भएको उहाँले जानकारी दिनुभयो ।  विदेशी पर्यटकबाट चाँगुनारायणले कूल रु.एक करोड १९ लाख १० हजार ४०० राजस्व संकलन गरेको केन्द्रकी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
जसमध्ये भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु. ३०० का दरले पर्यटन शुल्क वापत रु. १७ लाख २६ हजार ८०० राजस्व संकलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु.४०० का दरले   रु. एक करोड एक लाख ८३ हजार ६०० राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।
चाँगुनारायणको अवलोकन गर्न आउने विदेशी पर्यटकले चाँगुनारायणको कला, ऐतिहासिक एवं धार्मिक पक्ष, वास्तुकला, मूर्तिकलाकाबारेमा जानकारी लिने गरेका छन् भने अन्य भारतलगायतबाट आएका पर्यटकले भने चाँगुनारायण, किलेश्वरलगायतको पूजा एर्व दर्शन गर्ने र यहाँको महत्वताका बारेमा जानकारी लिने गरेका छन् ।
चाँगुनारायणमा आन्तरिक पयएटक भने वर्षमा एक लाख भन्दा बढीको आगमन हने गरेको छ । आन्तरिक पर्यटक अवलाकनका साथै धार्मिक कार्यका लागि बढी आउने गरेका छन् । विशेष गरि हरिशयणी हरि बोधिनी एकादशीमा यहाँ हजारौको भीड लाग्ने गर्दछ भनृ नाग पञ्चमी, मंसीर पूर्णिमालगायतका बिभिन्न चाँड र पर्वमा पनि आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्क वापत सकलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसंगै नगरभित्रका बिभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एव पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “धार्मिक एव पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि गर्ने लक्ष्यका साथ हामीलृ यस वर्ष नगरकोट भ्रमण वर्ष–२०८२ मनाएका छौँ । गत बैशाख १ गतेदेखि सुरु भएको भैमण वर्ष आगामी चैत्रसम्म सञ्चालन हुनेछ । यसले समग्र चाँगुनारायण नगरपालिका क्षेत्र भित्र रहेको धार्मिक सम्पदा, मठ मन्दिर र पयटकीय क्षेत्रको विकास, अध्ययन, अनुसन्धान र पर्यटनको बिकास गर्दै आमनगरवासीको आर्थिक उपार्जनमा बृद्धि गर्ने लक्ष्य राखेका छौँ ।”
उहाँले भ्रमण वर्ष अबधीमा एक लाख विदेशी पर्यटक र १० लाख आन्तरिक पर्यटक भित्रयाउने लक्ष्यका साथ बिभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । चाँगुनारायणलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लक्ष्यका साथ नगरपालिका अगाडि बढेको बताउनुभयो ।
त्यसैगरि नगरकोटमा पनि भ्रमण वर्षको शुभारम्भसंगै विदशी पर्यटकको आगमन बढेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । ११ वर्ष अलपत्र भक्तपुर नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैले आन्तरिक श्रोतबाट रु. १७ करोडको बोलपत्र आव्हान गरि कालोपत्र गरेपछि नगरकोट जान निकै सहज भएकाले पनि विदेशी पर्यटकको आगमन बढेको हो । आन्तरिक र बाह्य पर्यटकको चाप बढेसंगै विदाका दिन र शुक्रबार एवं शनिवार नगरकोट बस्ने गर जान अग्रिम बुकिङ्ग नगरे ठाउँ नपाइने अबस्था आएको  उहाँले जानकारी दिनुभयो ।
नगरकोटमा पछिल्लो समय पर्यटकको आगमन बृद्धि भएसंगै पर्यटन व्यवसायीहरु उत्साहित भएको र होटलहरुमा करोडौको लगानी थप गर्दै नयाँ होटलहरुसमेत निर्माण भइरहेको बताउनुभयो । नगरकोट सूर्योदय, सूर्यास्त र हिमाल हेर्न मात्रै नभई नगरकोटका होमस्टेदेखि यहाँका कला, संस्कृति, परम्परा, प्राकृतिक दृश्यावलोकनका लागि समेत नगकोटको बसाई लम्ब्याउन सक्ने गरि कार्यक्रमहरु ल्याएको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका