Breaking News
चर्चामा:

नेपालमै पहिलोपटक निःशुल्क रगत तथा अक्सिजन सेवा उपलब्ध गराएको चाँगुनारायणले यसवर्ष पनि निरन्तरता दिदै

नेपालमै पहिलोपटक निःशुल्क रगत तथा अक्सिजन सेवा उपलब्ध गराएको चाँगुनारायणले यसवर्ष पनि निरन्तरता दिदै

नेपालमै पहिलोपटक निःशुल्क रगत तथा अक्सिजन सेवा उपलब्ध गराएको चाँगुनारायणले यसवर्ष पनि निरन्तरता दिदै

चाँगुनारायण २३ साउन । नेपालमै पहिलोपटक निःशुल्क रगत तथा अक्सिजन सेवा उपलब्ध गराएर देशभरमै नमूना कार्य गर्न सफल भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्ना नागरिकका लागि यस वर्ष पनि उक्त सेवा सूचारु गरेको छ ।

नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा निर्वाचित नयाँ जनप्रतिनिधिले आफ्ना नगरवासीका लागि मानवीय जीवनमा अत्यावश्यक रगत र अक्सिजन निःशुल्क वितरण गरेर देशभरको पालिका मध्ये उत्कृष्ठ कार्य गरेकोमा नगरपालिकाले यसवर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने भएको हो ।

चाँगुनारायणवासीलाई निःशुल्क रगत तथा अक्सिजन सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिन चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा भक्तपुरबीच आज शुक्रबार औपचारिक रुपमा सम्झौता भएको छ ।

नगर प्रमुख जीवन खत्री र रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेबीच आर्थिक वर्ष २०८२÷०८३ का लागि निःशुल्क रगत वितरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । नगर प्रमुख खत्रीले जनमुखी र नितान्त जनताको सेवाका लागि भएको निःशुल्क रगत र अक्सिजन वितरण कार्यलाई नगरपालिकाले चालू आर्थिक वषका लागि पनि निरन्तरता दिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवाल, रेडक्रसका महामन्त्री धर्मराज कार्की लगायतको उपस्थिति रहेको थियो। निःशुल्क रगत वितरण सुरु भएसंगै चाँगुनारायण नगरपालिकाले हालसम्म करिब २ हजार बिरामीलाई निःशुल्क रगत वितरण गरेको बताइएको छ ।

उक्त सेवा प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिस पत्र पेस गरेमा रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने छ । रेडक्रसले विरामीलाई निःशुल्क वितरण गर्द आएको रगतको शुल्क भने पछि नगरपालिकाले सोधभर्ना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका