निःशुल्क शिक्षा र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सरकार अगाडि बढेको छ : मुख्यमन्त्री बानियाँ (फोटो फिचार)
श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको आज प्राणप्रतिष्ठा एवं अनावरण भव्य रुपमा सम्पन्न
चाँगुनारायण, (छालिङ्ग) ३१ साउन । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र वानियाँले निःशुल्क शिक्षा र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सरकार अगाडि बढेको बतााउनु भएको छ ।

नगरकोट भ्रमण वर्ष( २०८२ को अवसरमा चाँगुनारायण नगरपालिका–५ छालिङ्ग गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्राम रहेको श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको आज प्राणप्रतिष्ठा एवं अनावरण गर्दै उहाँले स्तो बताउनु भएको हो ।

उहाँले आफू प्रदेश प्रमख भएलगत्तै प्रदेशका १३ वटै जिल्लामा सबै नागरिकलाई सहज पहुँच हुनेगरी निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवा लागू गर्ने गरि कार्य योजना अगाडि लैजाने निर्णय गरेको बताउन भयो ।

मुख्यमन्त्री वानियाँले आफू मुख्य मन्त्री भएपछि पहिलो बसेको मन्त्रीपरिषद्को बैठकले गरीब, असाह्य, अल्पसंख्यक, पछाडि परेका वर्गका लागि ६ जना विद्यार्थीलाई निशुल्क चिकित्सा शिक्षा र १० जनालाई निःशुल्क नर्सिङ्ग पढाउने निर्णय गरेको बताउनुभयो । प्रदेश सरकारले उच्च शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि निशुल्क पहुँच सुनिश्चित गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्य मन्त्री बानियाँले भन्नुभयो, “हिजाको दिनमा कृषलाल भडेँललाई मैले नै मन्त्री बनाएको हुँ, आज पनि सुरेश श्रेष्ठ मन्त्री हुनु भएको छ । अब मन्त्रीदखि जनप्रतिनिधिसम्मले राम्रोसंग जनताको मन जित्ने गरि काम गर्नुहोस, राम्रो काम गर्नेले फेरी टिकट पाउँनु हुन्छ, त्यसको मूल्यांकन हुन्छ । अब दूर्लभ दाईलाई मन्त्री बनाउन म लाग्ने छु, पक्कै उहाँ मन्त्री हुनु हुनेछ । अबको पालो उहाँको हो ।”

मुख्यमन्त्री वानियाँले श्रीकृष्ण भगवानको जन्म पनि कष्टबाटै सुरु भएको र उहाँले मनव रुप लिएर पनि गरबी सुदामालाई साथी बनाएर गरिब, दिनदुखीका लागि काम गर्ने र कंस जस्ता राजाको अन्त्य अन्त्य गर्दै समाजवादको उदय गराएको भन्दै यहिलेको समय पनि त्यही अबस्थामा आइपुगेको चर्चा गर्नुभयो ।

कार्यक्रममा संघीय सांसद दुर्लभ थापाले देशमा केही छैन भनी युवाहरू आत्तिएका भएपनि धैर्य गरेर देशमै आत्मनिर्भर भएर देशकै लागि कर्म गर्न लाग्नु पर्ने बताउनभयो । उहाँले दलहरुबीच फरक बिचार भएपछि बिकासमा भए एक भएर लाग्नु पर्ने बताउनुभयो ।

काँग्रेस जिल्ला सभापति समेत रहनु भएका सांसद थापाले भन्नुभयो, “विकासमा सबै मिलेर जानु पर्छ । सरकार फरक विचारका भए पनि बिकासमा मिलर काम गररहेको छ । यहाँ पनि बिचार फरक होला तर बिकामा एक्यबद्धता भएर सबै मिलेर जानु पर्छ ।”

कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदशका १३ वटै अस्पतालमा शय्या बिस्तार, गुणस्तीय स्वास्थ्य सेवामा उपकरण हस्तान्तरण, औषधि वितरण, जनशक्ति उत्पादनदेखि गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने बताउनुभयो । उहाँले भक्तपुरका बासिन्दालाई उपचारका लाग मनोहरा काटर काठमाडौं जानु पर्ने र पूर्वमा बनेपा धुलखेल जानु नपर्ने गरि स्वास्थ्यको बिकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नभो ।

कार्यक्रममा वागमती प्रदेशका नवनियुक्त संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले संस्कृति र पर्यटनको विकासमा कनै कसर बाँकी नराख्ने र कुनै गलत कार्य नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो क्षेत्रको कला, संस्कृति, सम्पदा र पर्यटनको बिकासका लागि जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट कुनै गलत काम नहने बताउनुभयो ।

कार्यक्रममा भारतबाट आउनु भएकी श्रीश्री १००८ श्री महामंडलेश्वर सरिता गिरीले विश्वभरका हिन्दुहरुका लागि पवित्र भूमि र तीर्थास्थल नेपालको पशुपतिनाथ रहेको भन्दै सनातन धर्मको प्रचारपैसारले नै विश्वमा शान्ति ल्याउने चर्चा गर्नुभयो ।

कार्यक्रममा वागमती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कञ्चनबादे श्रेष्ठको पनि सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष जयन्द्र खड्काले यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउदै विशाल मूर्तिको परिकल्पनाकार गोकर्ण पुरीको योगदान र सहयोगलाई बिसन नसकिने बताउनु भयो । उहाँले यस क्षेत्रको विकासको लागि सघं, प्रदेश र स्थानीय सरकारसंगै काठमाडौं उपत्यका विकास प्राधिकरणको पनि उत्तिकै योगदान रहेको स्मरण गर्दै चाँगुनारायणको समग्र बिवकासमा सबै यसैगरि जुटेर जानु पर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता रहेको, तीनदिनसम्म पूवा, हवन गरि मूर्तिको प्राणपतिष्ठा गरिएको र यस क्षेत्रको विकासमा सबै निकायको योगदान पुरयाएको कार्यक्रम सञ्चालक यादव अधिकारीले जानकारी दिनुभयो । त्यसअवसरमा १०० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै मन्दिर निर्माणका लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ विभिन्न नगपालिकाका प्रतिनिधिहरु, चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोजबहादुर तामाड, वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामा, वडा नं. ७ का वडाध्यक्ष श्याम शरण नायजूलगायत बिभिन्न वडाका वडाध्यक्षहरु, वडासदस्य एवं कार्यपालिका सदस्यहरु, नगरपालिकाका बिभिन्न शाखाका कर्मचारी एवं शाखा प्रमुखहरु, विभिन्न निकायका प्रतिनिधिहरुका सहभागिता रहको थियो ।


प्रतिक्रिया दिनुहोस्