सकारात्मक सोच र सकारात्मक भावनाको उजागर गर्न जरुरी छ : नगर प्रमुख जीवन खत्री
चाँगुनारायण, ८ भदौ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सकारात्मक सोच र सकारात्मक भावनाको उजागर गर्न जरुरी रहको बताउनु भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. २ कार्यालय दुवाकोट, ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्र दुवाकोटलगायतका संघसंस्थाको आयाजनामा आज आइतबार दुवाकोटमा आयाृजित बृहत रक्तदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “अहिले समाजमा केही पक्ष, केही तत्वहरु समाजलाई उत्श्रृखल बनाउने, समाजलाई नकारात्मक दृष्टिकोणले प्रचारप्रसार गर्ने, समाजमा केही कुराहरु भएकै छैन, गरेकै छैन भन्ने भाष्य सृजना गरेर मानिसहरुको भावना, नकारात्मक सोचको विकास गर्न लारिहेका छन् । त्यसलाई चिरेर सकारात्मक सोचको विकास गर्दै समाजलाई सकारात्मक बाटोमा अझै अगाडि लैजान हामी सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्छ ।
उहाँले हामी सबै बिधि, पद्धति, ऐन, कानूनमा बाधिएका हुन्छौ भन्दै कानूनको परिधि भित्र रहेर चल्दा केही तत्वहरुले भनेजस्तो गर्न नपाउँदा नगरपालिकालाई गलत तरिकाले व्याख्या गर्न लागिरहेको तर्फ सबै नगरवासी सचेत हुनु पर्ने औल्याउनुभयो ।
नगर प्रमुख खत्रील समाजमा नकारात्मक चिन्तन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई चिर्दै सकारात्मकतालाई अगाडि लैजान सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले ब्रम्हकुमारी राजयोग केन्द्रले समाजलाई सकारात्मक बाटोमा लैजान भूमिका निर्वाह गरिरहेको बताउदै सकारात्मक चिन्तन नै आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष सोम प्रधानले स्थानीयले रक्तदान गरेको बताउनुभयो । रगत अभावले कसैको ज्यान नजाओस् भनेर आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताले रक्तदान गरेको उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरले रक्तदानमा प्राबिधिक सहयोग गरेको जानकारी दिदै उहाँले दिनभयो । नगर प्रमुख खत्रीले रगतको पोका वडा अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेपछि रक्तदान सरु भएको सथयो ।
प्रतिक्रिया दिनुहोस्