Breaking News
चर्चामा:

भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैले स्तरोन्नती गर्ने, बोलपत्र आव्हान

भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैले स्तरोन्नती गर्ने, बोलपत्र आव्हान

भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैले स्तरोन्नती गर्ने, बोलपत्र आव्हान
भक्तपुर, १५ फागुन : भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायण नगरपालिका आफलै स्तरोन्नती गर्ने भएको छ । आउँदो बैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजन ागर्न लागको नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै नगरपालिकाले भक्तपुर नगरकोट सडक आफैले स्तरोन्नती गर्ने गरि बोलपत्र आव्हान गरेको छ ।
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरि २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रूपैयाँमा ठेक्का सम्झौता गरि ११ वर्षमा १० औ पटक म्याद थप गरेर लागत ढाउदै ३१ करोड पुर्याउँदा पनि निर्माण कम्पनीले बिभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
भ्रमण वर्ष अगाडि अब सडक नबन्ने अबस्था आएपछि नगरकोट भ्रमण वर्षमा आउन आन्तरिक तथा बाह्य पर्यटकलाई सडकको सहज सुबिधा पुर्याउन नगरपालिकाले भक्तपुर नगरकोट सडक खण्डको स्तरोन्नती नगरपालिकाकै आन्तरिक श्रोतबाट गर्ने गरि बोलपत्र आव्हान गरेको हो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाले आयोजना गर्ने नगरकोट भ्रमण वर्ष नगरकोटको मात्रै नभई सिंगो देशको महोत्सव हो, यहीँ सडकका कारणले महोत्सवमा समस्या आउन दिनु हदैन । मैले जनतासंग प्रतिबद्धता गरेको छु, त्यो प्रतिबद्धता पुरा गर्दै भ्रमण वर्ष सफल पार्न नगरपालिकाले नै सडक स्तरोन्नती गर्न ठेक्का आव्हान गरेको हो, अब आसप्लान्छ पिच नगरपालिकाले नै गर्छ ।”
सरकारले लगाएको ठेक्का ११ वर्षसम्म पुरा नभएर सडक अलपत्र पारेको पीडा जनताले धेरै भेगकाले यो सडकलाई पुरा गर्न भक्तपुर नगरकोट सडकको स्तरोन्नती आवश्यक रहेको उहाँले बताउनुभयो ।े केन्द्रीय सरकारको यो सडक पुन स्तरोन्नती गर्न यस वर्ष बजेट नभएको र प्रक्रियामा जादा प्रक्रिया पुरा गर्नै लामो समय लाग्ने मन्त्रालयले बताएपछि नगरपालिका आफैले कालोपत्र गर्न लागेको उहाँले बताउनभयो ।
नगरप्रमुख खत्रीले भन्नुभयो, “सम्बन्धित मन्त्रालयसंग र सडक विभागसंग हाम्रो कुरा भएको छ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरि खाल्डो पुर्ने र सडकको स्तरोन्नती गरेर कालोपत्र गर्छौ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्नेगरि छलफल भएको छ । त्यसैले कालोपत्रका लागि ठेक्का आव्हान गरेका हौ ।”
भक्तपुर नगरकोट सडकका नगरपालिकातर्फका सव इन्जिनयर सनिश वनमालाले ठेक्का सम्झौता गरि बैशाखदेखि सडकका स्तरोन्नतीको काम सुरु हुने बताउनुभयो । भत्केको पाटीदेखि नगरकोटसम्म १५ किलोमिटर लामो सडक कालोपत्र गर्न कार्य नगरपालिकाले बोलपत्र आव्हान गरेकाले ठेक्का सम्झौता भएलगत्तै तिब्र गतिमा काम गराईने बतानुभयो ।
शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडेको सडकमा लेबर मिलाएर गाईबे्रल हाल्दै बेस मिलाउने र त्यसमाथि आसप्लान्ट कालोपत्र गरिने बताउदै उहाँले नगरपालिकाले सडक निर्माण बिचमै नछाड्ने  परा गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका