Breaking News
चर्चामा:

चाँगुनारायण नगरपालिकाका कर्मचारीद्धारा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत

चाँगुनारायण नगरपालिकाका कर्मचारीद्धारा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत

चाँगुनारायण नगरपालिकाका कर्मचारीद्धारा प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई स्वागत

चाँगुनारायण, जेठ ७ गते । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आजबाट चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हाल्न नगरपालिका आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा मोहनकुमार श्रेष्ठलाई स्वागत गर्नु भएको छ ।

बिभिन्न स्थानीय तहमा प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हाल्दै नियमित सरुवा प्रक्रिया अन्तर्गत चाँगुनारायण नगरपालिका सरुवा भई आउनु भएका श्रेष्ठलाई नगर प्रमुख खत्रीले आफ्नै कार्यकक्षमा स्वागत गर्दै नगरपालिकाको काम, कर्तव्य र विकासका लागि जनप्रतिधिनि र कर्मचारीले हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले चाँगुनारायणको समग्र विकास गर्ने जनप्रतिनिधिको उदेश्यलाई कर्मचारीले आत्मसात गर्दै भूमिका निर्वाह गर्न सके मात्रै नगरपालिकाको विकासको लक्ष्य पुरा हुने बताउनुभयो ।

उहाँले चाँगुनारायण नगरपालिकासमेतले गत बैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष–२०८२ सुरु भएको जानकारी गराउँदै भ्रमण सफल पार्ने महत्वपूर्ण जिम्मेवारी समेत प्रमुख प्रशासकीय प्रमुखको काधमा रहेकाले त्यो जिम्मेवारी सहज ढंगले निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले स्थानीय तहमा लामो समयदेखि कार्य गर्दै आएको अनुभवलाई यस नगरपालिकाको विकासका लागि खर्चिने र नगरपालिकाको उपलब्धीमूलक कार्य गर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिबाट पनि सहयोगको भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै प्र्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु र कर्मचारीहरुले स्वागत गर्नु भयो । नगरपालिकाका प्रशासन अधिकृत सुरज पौडेलले स्वागत कार्यक्रम सञ्चालन गर्दै नगरको विकासमा सबैले हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।

स्वागत कार्यक्रममा कर्मचारीहरुसंग परिचय गर्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले नगरपालिकाको प्रशासनलाई पारदर्शी र जवाफदेही ढंगले अगाडि लैजाने र त्यसका लागि जनप्रतिनिधिदेखि कर्मचारीहरुसमेत सहयोग र साथको आवश्यकता रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका