नगर प्रमुख जीवन खत्रीद्धारा खेलाडी सम्मान
चाँगुनारायण । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले १५ ओैं राष्ट्रपति रनिङ्ग शिल्ड कार्यक्रममा गोल्ड मेडल ल्याएर नगरपालिकाको नाम उच्च राख्न सफल चाँगुनारायणका खेलाडीलाई सम्मान गर्नु भएको छ ।
प्रतियोगितामा गोल्ड मेडल हात पार्न सफल उसु खेलाडी रोशन थापा मगर, कबड्डी खेलाडीः ज्ञानेन्द्र बुढा क्षेत्री र कृष्णराम श्रेष्ठलाई बधाई शुभकामना प्रदान गरिएको हो । नगर प्रमुख खत्रीले खेलाडीलाई हौसला प्रदान गर्दै आगामी दिनमा अझ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सफलता प्राप्त गर्न सक्ने गरि खेलकुदमा अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले पनि खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्