Breaking News
चर्चामा:

चाँगुनारायणले साउन ५ गतदेखि वडावडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

चाँगुनारायणले साउन ५ गतदेखि वडावडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

चाँगुनारायणले साउन ५ गतदेखि वडावडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने

चाँगुनारायण, ४ साउन । चाँगुनारायण नगरपालिकाले यही साउन ५ गते सोमबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमासिक किस्ता अन्तर्गत २०८२ साल ताबैशाख, जेठ र असार महिनाको सामाजिक सुरक्षा भत्ता चाँगुनारायण नगरपालिका कार्यालयको बैंकको काउण्टरमार्फत वडागत रुपमा नै वितरण गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले साउन ५ गते वडा नं. १, २ र ३ मा, साउन ६ गते वडा नं. ४, ५ र ६ तथा साउन ७ गते वडा नं. ७, ८ र ९ को वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी दिनुभयो । सबै वडा कार्यालयबाट बिहान ८ः३० बजेदेखि दिउँसो १ बजेसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी दिदै उहाँले आफ्‌नो वडामा पुगेर भत्ता लिन आव्हान समेत गर्नुभयो ।

रकम भुक्तानी लिन आउँदा लाभग्राहीले चेकबुक, पासबुक र नागरिकताको फोटोकपी लिएर आउँन र अपाङ्ग तथा अशक्तको हकमा वडा कार्यालयबाट तोकिएको संरक्षकको सिफारिस आवश्यक पर्ने भएको छ । आफ्‌नो वडामा गएर भत्ता नलिएकाहरुको हकमा भने साउन १० गते पछि मात्रै नगरपालिकाबाट वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका