Breaking News
चर्चामा:

नगर प्रमुख जीवन खत्रीद्वारा चाँगुनारायण हाट बजारको शुभारम्भ

नगर प्रमुख जीवन खत्रीद्वारा चाँगुनारायण हाट बजारको शुभारम्भ

नगर प्रमुख जीवन खत्रीद्वारा चाँगुनारायण हाट बजारको शुभारम्भ

चाँगुनारायण, २४ साउन । चाँगुनारायण नगरपालिकाको प्रमुख जीवन खत्रीले चाँगुनारायण बसपार्क क्षेत्रमा आजबाट सञ्चालनमा आएको हाट बजारको उद्घाटन गर्नु भएको छ । ‘आफ्नो उत्पादन आफै बेचौ, आत्मनिर्भर बनौ’ भन्ने नाराका साथ चाँगुनारायण नगरपालिकाले चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक चाँगुनारायण मन्दिर नजिकै आजबाट सुरु भएको हाट बजारको उहाँले शुभारम्भ गर्नु भएको हो ।

स्थानीयले उत्पादन गरेका कुनै पनि सामग्रीका बजार आफ्नै ठाउँलाई बनाउने र आफूले उत्पादन गरेको मूल्य आफैले निर्धारण गरेर सर्वसुलभ रुपमा आवश्यक सामग्रीको किनबेच गर्ने गरि हाट बजार सुरु गरेको उहाँले बताउनुभयो ।

यसले स्थानीयस्तरमा बजारको बृद्धि गर्ने, आयश्रोतको बृद्धि गर्दै आर्थिक उन्नतीमा टेवा पुर्याउने उदेश्यले हाट बजार सञ्चालनमा ल्याएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “स्थानीयले नै त्यसको नाफा आर्जन गरुन् र जसले उत्पादन गर्छन् उसैले त्यस वापतको मूल्य प्राप्त गर्न सकुन् भनेर नगरपालिका क्षेत्रको नौ वटै वडाको, अलि बढी मानिसको आवतजावत हुने क्षेत्र र बढी जनघनत्व भएको क्षेत्रलाई पारेर हाट बजार सञ्चालन गर्ने सअभियान आज चाँगुनारायणको यस ऐतिहासिक भूमिकाट सुुरु गरेका छौँ ।”

चाँगुनारायणका सबै क्षेत्र र सबै वडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भनेर नै नगरकोट भ्रमण वर्ष–०८२ मनाएको बताउदै उहाँले सबै वडाका ऐतिहासिक सम्पदाहरुमा पर्यटक पुर्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गरेको बताउनुभयो । साथै उहाँले सबै वडालाई उत्पादन प्रर्वद्धन गर्ने, सरसरफाईलाई पनि संगसंगै लैजाने र पर्यटकीय क्षेत्रको पहिचान र बिस्तार गर्न सबैको अपनत्व र सहयोग आवश्यक भएको बताउनुभयो ।

हाट बजारमा स्थानीयले उत्पादन गरेका तरकारी, बिभिन्न परिकारहरु, खाद्यान्न र कूचोलगायतका बिभिन्न सामग्रीहरु बिक्रीका लागि राखिएको थियो । पहिलो दिनको हाट बजारमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा नगरप्रमुख खत्रीलगायतका जनप्रतिनिधिले हाट बजारको अनुगमन गर्नु भएको थियो । अब हरेक शनिवार चाँगुनारायणमा हाट बजार लाग्नेछ भने आवश्यक सामान आफ्नै टोलमा खरिद एवं बिक्री गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका