Breaking News
चर्चामा:

खेलकुदका लागि प्राथमिक उपचार सामग्री हस्तान्तरण

खेलकुदका लागि प्राथमिक उपचार सामग्री हस्तान्तरण

खेलकुदका लागि प्राथमिक उपचार सामग्री हस्तान्तरण

मिति २०८२ कार्तिक १४ गते, चाँगुनारायण।
चाँगुनारायण नगरपालिकामा आज नगर प्रमुखको कार्यकक्षमा एक विशेष समारोहका बीच खेलकुदका क्रममा हुन सक्ने दुर्घटना तथा चोटपटकमा तत्काल उपचारको व्यवस्था गर्न प्राथमिक उपचार सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख, नगर खेलकुद विकास समिति संयोजक, समिति सदस्यहरू तथा नगर खेलकुद प्रशिक्षकहरूको उपस्थिति थियो।

नगरपालिका भित्र निःशुल्क खेलकुद गतिविधि सञ्चालन तथा खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याउनका साथै खेलकुदका क्रममा हुनसक्ने दुर्घटना र चोटपटकमा तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले करिब रु. ९८,००० मूल्य बराबरका प्राथमिक उपचार सामग्रीहरू हस्तान्तरण गरिएको हो।

 

नगर प्रमुखज्यूले कार्यक्रममा बोल्दै खेलकुद केवल प्रतिस्पर्धा नभई सामाजिक एकता र स्वस्थ जीवनशैली निर्माणको माध्यम भएको बताउँदै आगामी दिनमा खेलकुद पूर्वाधार विस्तार र खेलाडी हौसला अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी खेलकुद प्रशिक्षकहरूले पनि प्राथमिक उपचार सामग्रीले खेलाडीको सुरक्षा र तयारीमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका