नगरपालिकाले निःशुल्क टोल–फ्री नम्बर १८१०५०००१२१ सञ्चालनमा
चाँगुनारायण, १२ साउन । के तपाईलाई तत्काल आपतकालिन सेवाको आवश्यक छ ? के तपाईलाई तत्कालै एम्बुलेन्सदेखि विदप व्यबस्थापनका लागि सहयोग आवश्यक छ ? त्यसो भए अब चिन्ता लिनु पर्दैन । नगरपालिकाले आफ्ना नगरवासीलाई कुनै पनि समस्यामा तत्कालै सहयोग गर्ने गरि तयारी अबस्थामा राख्दै टोल–फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।
चाँगुनारायण नगरपालिकाले सामाजिक सेवाका कार्यका लागि समस्यामा परेका नगरवासीको सेवा एवं सुविधा तत्कालै सम्बोधन गर्ने गरि टोल–फ्री नम्बर सञ्चालनमा ल्याएको हो । आपतकालिन अबस्थामा नगरवासीलाई तत्काल सेवा एवं सुविधा प्रदान गर्ने लक्ष्यका साथ नगरपालिकाले टोल–फ्री नम्बर सञ्चालनमा ल्याएको नगर प्रमुख जीवन ख त्रीले जानकारी दिनुभयो ।
नगरपालिकाले एम्बुलेन्स सेवा, विपद व्यबस्थापन, तथा नगर प्रहरीसंग सम्बन्धित तत्काल आवश्यक आवश्यकताका लागि टोल–फ्री नम्बरमा १८१०५०००१२१ मा निःशुल्क रुपमा सम्पर्क गर्न सकिने नगरपालिकाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्