Breaking News
चर्चामा:

चाँगुनाराण नगरपालिकका उपप्रमुख रमेश बुढाथोकीद्धारा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

चाँगुनाराण नगरपालिकका उपप्रमुख रमेश बुढाथोकीद्धारा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

चाँगुनाराण नगरपालिकका उपप्रमुख रमेश बुढाथोकीद्धारा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण

भक्तपुर, १२ जेठ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले चाँगुनाराणका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गर्नु भएको छ ।

 

उपप्रमुख निर्वाचित भएर आएपछि आफूले पाउने तलब, भत्ता वा सुबिधा आफूले खर्च नगरी सामुदायिक विद्यालयका विद्यार्थीहरुलका लागि स्कुल पोशाक, स्टेशनरी सामान एवं झोला र शैक्षिक सामगीलगायतका सामानहरु वितरण गर्दै आउनु भएको छ ।

यसै क्रममा उपप्रमुख बुढाथोकीले  चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलको बिनायक सरस्वती आधारभूत बिधालयमा विद्यार्थीहरुका लागि विद्यालय पोशाक विरण गर्नु भएको छ ।

त्यसै गरि पप्रमुख बुढाथोकीले चाँगुनारायण नगरपालिकाको दोलागरी माध्यमिक विद्यालयक विद्याथीृहरुका लागि स्कुल पोशाक वितरण गर्नु भएको हो । चााँगुनारायण नगरपालिकका सामुदायीक विद्यार्थीहरुलाई स्कुल पोशाक वितरण गर्न भएको छ ।

यसअघिका वर्षहरुमा पनि उपप्रमुख बुढाथोकीले सामुदायीक विद्यालयका विद्यार्थीहरुका लागि विद्यालय पोशाक, स्कुल ब्याग, बिभिन्न स्टेशनरीका सामानहरुलगायत वितरण गर्दै आउनु भएको थियो ।

उहाँले बैशाख २ गतेदेखि १३ गतेसम्म चानपा कलमसी कल्पेश्वर महादेव मन्दिर निर्माणार्थ आयोजना गरिएको महायज्ञमा शिवमूर्ति निर्माणका लागि रु. एक लाख आठ हजार १११ रुपैयाँ दान गर्नु भएको थियो । उहाँले सामाजिक कार्यमा समेत सक्रियता देखाउदै आउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका