Breaking News

चाँगुनारायणमा दिनभर मेला, दिनभर भीड, शंखदहमा स्नान गर्नेको घुईचो

चाँगुनारायणमा दिनभर मेला, दिनभर भीड, शंखदहमा स्नान गर्नेको घुईचो

चाँगुनारायणमा दिनभर मेला, दिनभर भीड, शंखदहमा स्नान गर्नेको घुईचो
चाँगुनारायण, १३ साउन : चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । विश्व सम्पदा सूर्चीमा रहेको विश्व प्रसिद्ध धार्मिक महत्व बोकेको चाँगुनारायण मन्दिरमा आज नाग पञ्चमीको भेला भर्न स्थानीयदेखि बिभिन्न जिल्लाबाट आएका भक्तजनको घुइचो लागेको हो ।
चाँगुनारायण मन्दिर आसपासका बासिन्दाले चाँगुनारायण मन्दिर पुगेर पूजा एवं दर्शन गरेपछि आफ्नो घरघरमा नाग टाँस्ने प्रचलन रहदै आएको छ । बिहानैदेखि मध्यपुरथिमिबाट आएको गुँला बाजाले मन्दिर प्रर्दक्षिणा गरेको छ ।
चाँगुनारायण मन्दिरबाट दक्षिततर्फ ओरालोमा रहेको ऐतिहासिक शंख दह (साङ्ग दह) मा स्नान गर्न आउनेको पनि ठूलो भीड लागेको छ । शंख दलमा स्नान गर्ने, पूज ागर्ने र दान गर्नेको भीड लागेको चाँगनुारायणमा पुजारी अभास राजोपाध्यायले जानकारी दिनुभयो । शंखदहमा स्नान गरेर चाँगुनारायण मन्दिरमा आएर शिव र विष्णुको पुजा गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।
चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले हरेक वर्ष नाग पञ्चमीमा बिहानैदेखि दिनभर दर्शनार्थीको भीड लाग्ने बताउनुभयो । उहाँले मन्दिर भित्र भक्तजनले एकै पटक शिव र विष्णुको दर्शन र पुजा गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नाग पञ्चमी नाग देवतासंग सम्बन्धित छ । नाग र महादेव र विष्णुसंग सम्बन्धित भएकाले मन्दिर आउनेहरुले मन्दिर परिसर भित्र रहेको किलेश्वर महादेव मन्दिरमा पूजा एवं दर्शन गर्नु हुन्छ । दर्शनार्थीले चाँगुनारायण मन्दिरमा पनि भगवाण विष्णुको पूजा एवं दर्शन गर्नुहुन्छ । त्यसलै आज दिनभर दर्शनार्थीको मेला भर्न भीड लाग्ने गर्छ ।”
नगरपालिकाका प्रमुख जीवन खत्रीले मन्दिरको मेला एवं पर्वले आन्तरिक पर्यटनको प्रबद्र्धनमा ठूलो टेवा पुगेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको नगरकोट भ्रमण वर्ष–२०८२ लाई धार्मिक पर्यटनसंग जोडेको बताउदै यस्ता चाडपर्वले भ्रमण वर्ष सफल पार्ने मात्रै नभई विश्वभरका पर्यटकलाई यसतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले भ्रमण वर्ष अबधीभर धार्मिक पर्यटनको विकास, संरक्षण एवं प्रचारमा सक्रिय रहने बताउनुभयो ।
 नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयकी सदस्य मिरा तिमिल्सिनाले सचिवालयको टोली बिहानै मन्दिर पुगेर भ्रमण वर्षको प्रचार एवं मेलाको अवलाकन गरेको बताउनुभयो । चाँगुनारायण नगरपालिका पर्यटन सूचना केन्द्रकी प्रमुख सविता बस्नेतले मन्दिरमा बिहानैदेखि आन्तरिक पर्यटकको घुईचो लागेको बताउनुभयो । उहाँले शंख दहमा स्नान गर्ने र किलेश्वर महादेव मन्दिरसंगै चाँगुनारायण मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको घूइचो लागेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका