Breaking News
चर्चामा:

एकलाख १५ हजार पुरस्कारसहित वडा नं. ६ ले हात परयो नगरपालिका कपको उपाधी

एकलाख १५ हजार पुरस्कारसहित वडा नं. ६ ले हात परयो नगरपालिका कपको उपाधी

एकलाख १५ हजार पुरस्कारसहित वडा नं. ६ ले हात परयो नगरपालिका कपको उपाधी
भक्तपुर ३ कात्तिक : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका नगरकोट–६ स्थित माउण्ट एभरेष्ट खेल मैदानमा सम्पन्न ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोगिताको उपाधी वडा नं. ६ ले हात पारेको छ ।
गत असोज २२ गते बुधबारदेखि सुरु भई आज ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोगितामा वडा नं. ४ र वडा नं. ६ बीच भएको फाईनल खेलमा पेनाल्टी गोल गर्दै वडा नंं ६ बिजेता बन्दै रु. एक लाख १५ हजार १०१  नगदसहित प्रमाण र ट्रफि हात पारेको हो ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ चाँगुनारायण नगरपालिकाको सहयोग एवं नगर खेलकुद विकास समितिको समन्वय र सहकार्यमा माउण्ट एभरेष्ट युथ क्लब नगरकोटले आयोजना गरेको प्रतियोगितामा वडा नं. ४ उपविजेता बन्दै रु. ६६ हजार ६६६ रुपैया पुरस्कार प्रमाण पत्र र ट्रफि हात पारेको छ ।
तिहारको समयमा खेलकुदमय बनेको चाँगुनारायणस्थित खेलमदानमा सम्पन्न प्रतियोगितामा वडा नं. ३ झौखेल तेश्रो हुदै रु. ३३ हजार ३३३ पुरस्कार र प्रमाण पत्र र ट्रफि जितेको छ । विजेता, उपविजेता टिम र उत्कृष्ठ खेलाडीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफि प्रदान गर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकामा  पहिलो पटक आयोजित यस प्रकारको प्रतियोगतामा नगरका नौ वटै वडाका खेलाडीको उत्साहजनक सहभागिताले नगरपालिकालाई मात्रै नभई खेलकुद र खेलाडीमा ठूलो उत्साह थपेको बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “देशकै नाम राख्न सक्ने खेलाडी उत्पादन गर्न सक्ने गरि नगरपाकिाले नै नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर खेलाडी उत्पादनका लागि पनि लगानी गरिरहेको छ । खेलकदबाट पनि पर्यटनको बिकास गर्न सकिन्छ भन्ने ठहरका साथ सिमिति साधन श्रोतको बाबजुत पनि खेलकुदका बिभिन्न विद्यामा प्रशिक्षकसहित निःशुल्क खेल प्रशिक्षण सुरु गरेर हजारौ खेलाडी उत्पादन गरिहेका छौँ । यो प्रतियोगिता यसको सुरुवात पनि हो ।”
नगर क्षेत्रमा विगतको भन्दा अहिले खेलकुदले ठूलो फड्को मारेको चर्चा गर्दै उहाँले यस्ता प्रतियोगितालाई आगामी दिनमा नगरपालिका भित्र मात्रै सिमित नगरी, खेलकुदको क्षेत्र फराकिलो पार्दै यसको विकास र प्रबद्र्धनका लागि अझै लगानी गर्ने बताउनुभयो ।
रंगशाला, कबर्ड हल बनाउने, बिभिन्न खेलहरुको प्रतिस्पर्धा गरेर खेलाडी अगाडि बढाउने नगरपालिकाले योजना अघि सारेको भन्दै उहाँले यसका लागि चाँगुनारायणको एकता, सहकार्य र समन्वयतामा सबैकोसाथ लिएर अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका