Breaking News
चर्चामा:

वागेहिटीको महायज्ञमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीको दुई लाख एक हजार रुपैयाँ प्रदान

वागेहिटीको महायज्ञमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीको दुई लाख एक हजार रुपैयाँ प्रदान

त्रिलोकेश्वर महादेव मन्दिर निर्माणमा उपप्रमुखको सहयोग

वागेहिटीको महायज्ञमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीको दुई लाख एक हजार रुपैयाँ प्रदान
चाँगुनारायण (वागेहिटी), २७ साउन । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले वागेहिटीस्थित ऐतिहासिक त्रिलोकेश्वर महादेव मन्दिरमा आयोजना गरिएको महायज्ञमा दुई लाख एक हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर वागेहिटी संरक्षण समितिद्वारा यही साउन ५ गते सोमबारदेखि वागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा सुरु भएको एक महिने श्रावणी मेला एवं महायज्ञको आज सोमबार समापन कार्यक्रममा उपप्रमुख बुढाथोकीले मन्दिर निर्माणका लागि उक्त रकम आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।
कार्यक्रममा उपप्रमुख बुढाथोकीले नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटकीय क्षेत्रको पहिचान एवं प्रचार गर्ने उदेश्यसहित आयोजना गर्न गरेको श्रावणी महोत्सव एवं महायज्ञले धार्मिक पर्यटनको विकासमा टेवा पुर्याएको बताउनुभयो ।
चाँगुनारायण नगरपालिका क्षेत्र पर्यटकीय दृष्टिकोणले प्राकृतिक रुपमा सुन्दर क्षेत्रहरुसंगै धार्मिक पर्यटकीय क्षेत्रहरु समेत धेरै रहेको, मठ, मन्दिरहरु धरै रहेको बताउदै यस नगरपालिकालाई धार्मिक एवं ऐतिहासिक क्षेत्रहरु, मठ मन्दिर र शिवालयहरुका भ्रमण गर्ने गरि पर्यटनको विकास गर्न नगरपालिका लागिरहको बताउनुभयो ।
नगरपालिकाले नगर भित्रका ऐतिहआसिक, धार्मिक क्षेत्र, मठ, मन्दिरको प्रचारप्रसार, संरक्षण र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भ्रमण वर्ष सफल हुने उहाँले बताउनुभयो ।
तीन तले महादेवको नाममा प्रसिद्ध कमाएको त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी महोत्सवसंगै साउन ५ गतेदेखि १९ गतेसम्म शिव पुराण ज्ञान महायज्ञ र साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना गर्दै आज महायज्ञ समापन भएको आयोजक समितिका रमेश अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गर्न भएको महायज्ञमा बिभिन्न राजनीतिक दलका नेताहरु र हजारौ भक्तजनहरुको आगमन भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका