Breaking News
चर्चामा:

स्वास्थ्य चौकीमा न्युनतम सेवा मापदण्ड मापनमा छालिङ्ग स्वास्थ्य चौकीले ९१ प्रतिशत स्कोर प्राप्त गर्दै जिल्ला मै प्रथम

चाँगुनारायण । चाँगुनारायण नगरपालिका अन्तर्गत रहेको आठ वटा स्वास्थ्य चौकीमा न्युनतम सेवा मापदण्ड मापनमा वडा नं. ५ स्थित छालिङ्ग स्वास्थ्य चौकीले ९१ प्रतिशत स्कोर प्राप्त गर्दै जिल्ला मै प्रथम भएको छ ।

मापनमा नगरकोट स्वास्थ्य चौकीले ९० प्रतिशत स्कोर प्राप्त गरि जिल्ला मै दोश्रो र ताथली स्वास्थ्य चौकीले ८८ प्रतिशत स्कोर ल्याएर जिल्लामा चौथो भएको छ ।
त्यस्तै दुवाकोट स्वास्थ्य चौकीले ८७ प्रतिशत स्कोर प्राप्त गरि पाँचौ, बागेश्वरी स्वास्थ्य चौकीले ८५ प्रतिशत स्कोर प्राप्त गरेको छ । चाँगुनारायणका आठ स्वास्थ्य चौकी मध्ये पाँच वटा स्वास्थ्य चौकीले स्वास्थ्य सेवा प्रवाहमा सफल ब्यबस्थापन गरेको पाईएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको न्युनतम सेवा मापदण्ड निर्देशिका अनुसार सेतो, पहेँलो, निलो र हरियो गरि चार वटा स्कोर मध्ये ८५ प्रतिशत माथिको हरियो स्कोरलाई अति उत्तम स्कोरको रुपमा लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका