Breaking News
चर्चामा:

मच्छेनारायण मन्दिरमा स्थापना गरिएको श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको प्राणप्रतिष्ठा एवं अनावरण कार्यको अन्तिम तयारी पुरा

मच्छेनारायण मन्दिरमा स्थापना गरिएको श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको प्राणप्रतिष्ठा एवं अनावरण कार्यको अन्तिम तयारी पुरा

मच्छेनारायण मन्दिरमा स्थापना गरिएको श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको प्राणप्रतिष्ठा एवं अनावरण कार्यको अन्तिम तयारी पुरा
चाँगुनारायण, (छालिङ्ग), २८ साउन । चाँगुनारायण नगरपालिका–५ छालिङ्ग गोकूलधाम मच्छेनारायण मन्दिरमा स्थापना गरिएको श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको प्राणप्रतिष्ठा एवं अनावरण कार्यको अन्तिम तयारी पुरा भएको छ ।
यही साउन २९ गते बिहिबार शुभसाईतमा ब्राम्हणहरुबाट पूजा, हवनसंगै सुरु हुने पूजा एवं प्राणप्रतिष्ठाको तयारी पुरा भएको स्थानीय गोकर्ण पुरीले जानकारी दिनुभयो । पूजा एवं हवनसंगै पा्रण प्रतिष्ठा ३१ गते शनिवारसम्म तीन दिने भव्य रुपमा हुनेछ ।
         
तीन दिनसम्म तान्त्रिक बिधि पूर्वक पूजा, होम एवं हवन गरि मूर्तिको प्राण प्रतिष्ठा गरि ३१ गते शनिवार वागमति प्रदेशको मुख्य मन्त्री इन्द्र बानीयाँको प्रमुख आतिथ्यतामा श्रीश्री १००० श्री महामंडलेश्वर सरिता गिरी, भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद एव नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापाबाट विशाल श्रीकृष्ण विराट स्वरुप मूर्तिको अनावरण गरिने उहाँले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिका कार्यालयको सहकार्य एवं चाँगुनारायण वडा नं. ५ कार्यालय, श्री मच्छेनारायण, श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको उक्त धार्मिक अनुष्ठानमा सहभागि हुन आग्रह गरेको छ ।
कार्यक्रम अनुसार २९ गते बिहिबार अपरान्ह ३ः३० बजेदेखि ६ बजेसम्म पूर्वाङ्ग, ब्रम्हाण वरण, ३० गते शुक्रबार बिहान ८ः३० बजेदेखि द्वारताअग्नी प्रतिष्ठा र चतुस्थानार्चन, र ३१ गते शनिवार बिहान ८ः३० बजेदेखि नित्य पूूजा, प्रतिष्ठा हवन, दिउँसो १ः४५ बजे महार्पूााहुती, र दिउँसो २ः०५ मध्ये बजे श्री मूर्ति अनावरण हुने बताउनुभयो ।
नगरकोट भ्रमण वर्ष २०८१ को अवसर पारेर  हु न लागेको प्राणप्रतिष्ठाले यस क्षेत्रको धार्मिक क्षेत्रको पहिचान बढाउँदै धार्मिक पर्यटनको विकासलाई टेवा पुर्याउन सफल हुने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रील नगरकोट भ्रमण वर्ष २०८२ को अवसर पारेर हुन लागेको प्राण प्रतिष्ठाले यस क्षेत्रको धार्मिक क्षेत्रको पहिचान बढाउँदै धार्मिक पर्यटनको विकासलाई टेवा पुर्याउन सफल हुने बताउनुभयो । उहाँले नगरपालिकाले नगरकोट भ्रमण वर्षको घोषणा गरेर चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेको धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाहरुको संरषण गर्ने, उत्खनन एवं अध्ययन अनुसन्धान गर्ने र संरक्षणमा नगरपालिकाले लाग्ने गरि धार्मिक पर्यटनको विकासमा अग्रसर भएको बताउनुभयो । गोकूल धाम क्षेत्रको पर्यटकीय विकासमा फड्को मार्ने बताउदै यस क्षेत्रको विकासमा नगरपालिकाले आवश्यक सहयोग एवं समन्वय गर्ने बताउनुभयो ।
वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्काले चाँगुनारायण नगर क्षेत्रमा विकासको छायाँमा परेको यस क्षेत्रले मुहार फेर्दै आएको बताउनुभयो । उहाँले नयाँ जनप्रतिनिधि आएपछि नगरपालिकादेखि नगर विकाससम्मको बजेट ल्याउन सफल भएर सडक निर्माणदेखि अन्य विकासका पूर्वाधार पुर्याएको बताउदै श्रीकृष्णको विशाल स्वरुपको मूर्तिले मच्छेनारायण क्षेत्रको पहिचानलाई थप उचाईमा पुर्याउदै पर्यटनको विकास गर्ने विश्वास लिएको बताउनुभयो ।
प्राण प्रतिष्ठासहितको हवन एवं पूजा हुने भएपछि स्थानीयले मन्दिर परिसरलाई सिंगारेर भव्य बनाउनुका साथै यहाँ निर्माण भएका कलात्मक पाटी, गेट, खुड्किला, गणेशको मन्दिर, श्रीकृष्णको विशाल मूर्तिलगातका संरचनाहरु थप भएका छन् । यस क्षेत्रमा बिभिन्न धार्मिक पर्वहरुमा भवन किर्तन, साँझ आरतीलगायतका अनुष्ठानहरु हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका