Breaking News
चर्चामा:

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा कल्पेश्वर महादेव, कालिका देवी र २७ फिट लामो कालीनागको पूजा एवं हवन

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा कल्पेश्वर महादेव, कालिका देवी र २७ फिट लामो कालीनागको पूजा एवं हवन

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा कल्पेश्वर महादेव, कालिका देवी र २७ फिट लामो कालीनागको पूजा एवं हवन
चाँगुनारायण, १३ साउन : उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण नगरपालिका–८ कलमसीमा रहेको कल्पेश्वर महादेव, कालिका देवी र २७ फिट लामो कालीनागको पूजा एवं हवन गर्नु भएको छ ।
कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरषण समाजले आज यहाँ आयोजना गरेको १३ औं नाग पञ्चमी मेला तथा २७ फिट कालीनागको विशेष रुद्री पूजा कार्यक्रममा उहाँले शिवलिङ्गमा पूजा गर्नुका साथै नजकै रहेको कालीनागको समेत पूजा अर्चना गर्नु भयो ।
कार्यक्रममा मन्त्री सिंहसंगै भक्तपुरका प्रतिनिधिसभा सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति दूर्लभ थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष जनक खत्री, शिव तान्त्रिक बुद्धिकुमार खड्गीलगायतले महादेव र कालीनागको पूजा एवं हवन गर्नु भएको थियो ।
उपप्रधान एवं शहरी विकास मन्त्री सिंहले कलमसीमा निर्माण सुरु भएको १०८ फिट अग्लो बसेको महादेवको मूर्ति निर्माणको जग हालेर काम सुरु भएको १३ वर्ष बितेकाले अब यसलाई पूर्णता दिन तीन तहकै सरकारले सहयोग गर्नु पर्ने बताउनुभयो ।
उहाँले आफ्नो मन्त्रालयबाट यसवर्ष पनि यस मन्दिरलाई पूर्णता दिन बजेटको व्यबस्थापन गरेको बताउदै उहाँले आमनागरिकको भगवाणसंगको आस्थालाई जिवित राख्न पनि १०८ फिट अग्लो शिव मूर्ति स्थापनाको कार्यलाई पूर्णता दिनु पर्ने बताउनुभयो । उहाँले विश्वमै वातावरणमा निकै असर पर्दा संकट आइरहेको औल्याउँदै वातावरण संरक्षणमा सबैले ख्याल राखेर अगाडि बढ्नु पर्ने औल्याउनुभयो ।
कार्यक्रममा सांसद दुर्लभ थापाले विकासमा हातेमालो गरेर अगाडि बढ्नु पर्ने औल्याउदै यस क्षेत्रलाई धार्मिक क्षेत्रको लागि विकास गर्नका लागि सुरु भएको कल्पेश्वर महादेव मूर्ति निर्माण कार्यलाई सबैले पूर्णता दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख जीवन  खत्रीले विश्व सम्पदा सूर्चीमा रहेको चाँगुनारायण मन्दिरदेखि कल्पेश्वर महादेव मन्दिरसम्मको क्षेत्र पूर्ण रुपमा ऐतिहासिक, पुरातात्विक एवं धार्मिक क्षेत्रको रुपमा रहेको बताउदै यसको संरक्षण, विकासका लागि नगरकोट भ्रमण वर्ष–२०८२ आयोजना गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रै पालामा विकास सम्भव छ, त्यही संकल्पका साथ नगरकोट भ्रमण वर्षको शुभारम्भ गरेका हौ । विकासमा सबैलाई जोडदै लगेका छौँ, धार्मिक, आर्थिक र पर्यटन विकास र सिंगो चाँगुायणको सम्बृद्धिको यात्रा थालनी गरेका छौँ ।”
उहाँले बैद्धिककालदेखि नै तपोभूमि र देवभूमिका रुपमा रहेको यहाँका शिवालय र मन्दिरको दर्शन गर्नाले पनि मोक्ष पाइन्छ भन्दै अपूरो रहेको १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति निमाण कार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्ने गरि अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले कल्पेश्वर मन्दिर निर्माणका लागि थप बजेटको व्यबस्थापनका लागि मन्त्रीसंग छलफल गरेर निर्णय गर्ने बताउनुभयो ।
कल्पेश्वर महादेवका मन्दिर एवं मूर्ति निर्माण समिति संयोजक समेत रहनु भएका वडाध्यक्ष जनक खत्रीले नगरकोट भ्रमण वर्षमा कल्पेश्वर मन्दिर एवं मूर्ति निर्माण सम्पन्न गर्न धार्मिक पर्यटनलाई पनि जोडेर लैजाने बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई महिना अगाडि यसै मन्दिरमा लगाईएको महायज्ञको दानबाट दुई करोड रुपैयाँ वचत भएको छ । कल्पेश्वर महादेवको बसेको मूर्तिको निर्माण कार्य सुरु भएको छ । यसको पुन डिपिआर र स्टक्ट्रचर एनलाइसिस गर्दैछौ । तीन तहकै सरकारको सहयोगले यसै वर्ष योअभियानलाई पुरा गर्नेछौ ।” कार्यक्रममा शिव तान्त्रिक बुद्धिकृष्ण खड्गी, बद्रिप्रसाद नेपाललगायतले यस धार्मिक क्षेत्रका महत्व र आगामी योजनाकाबारेमा चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका