Breaking News
चर्चामा:

श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको तीनदिने हवन पूजा एवं प्राणप्रतिष्ठा सुरु

श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको तीनदिने हवन पूजा एवं प्राणप्रतिष्ठा सुरु

श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको तीनदिने हवन पूजा एवं प्राणप्रतिष्ठा सुरु
४१२ वर्ष अगाडि अर्थात १६६९ मा स्थापना भएको मच्छेनारायण एवं श्रीकृष्ण वर्तेश्वर महादेव मन्दिर परिसरमै श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको निर्माण गरिएको हो । यस मूर्तिमा बिभिन्न देवीदेवताका मूर्तिहरुसंगै रहेका छन् भने महाभारतको युद्धमा श्रीकृष्णले अर्जुनलाई रथमा बसेर उपदेश दिईरहदाँको क्षणलाई मूर्तिमा उतारिएको छ ।
==========================================================
चाँगुनारायण, (छालिङ्ग)  २९ साउन । नेपालमै पहिलो पटक स्थापना गरिएको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको आजबाट तीनदिने हवन पूजा एवं प्राणप्रतिष्ठा कार्य सुरु भएको छ ।
चाँगुनारायण नगरपालिका–५ छालिङ्ग गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको आज शुभसाईतमा पूवा, हवन एवं प्राणप्रतिष्ठा कार्यको शुभारम्भ भएको मन्दिर संरक्षण तथा विकास समितिका नारायणप्रसाद पुरीले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाको सहकार्य एवं चाँगुनारायण वडा नं. ५ कार्यालय, श्री मच्छेनारायण, श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको धार्मिक अनुष्ठानमा तीनदिनको पुजा एवं प्राणप्रतिष्ठा सम्पन्न गरि विशाल मूर्तिको अनावरण गरिने उहाँले जानकारी दिनुभयो ।
वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्काले आज शुभसाईत गरि शनिवारसम्म मन्दिरमा भव्य रुपमा बिभिन्न पूजा एवं हवन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दिनसम्म तान्त्रिक बिधि पूर्वक पूजा, होम एवं हवन गरिने छ, ३१ गते शनिवार श्रीकृण जन्माष्टमीको दिन सात जना ब्राम्हणबाट प्राणप्रतिष्ठा हुनेछ । त्यसैदिन पूजा सम्पन्न गरेसंगै वागमति प्रदेशको मुख्यमन्त्री इन्द्र बानियाँबाट उद्घाटन हुने अनुष्ठानमा श्रीश्री १००० श्री महामंडलेश्वर सरिता गिरी, भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद दूर्लभ थापा, नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, नगरपालिकाका प्रमख प्रशासकीय प्रमुख मोहनबहादुर श्रेष्ठ लगायत सयौ स्थानीय र भक्तजनहरुको सहभागितामा विशाल श्रीकृष्ण विराट स्वरुप श्रीमूर्तिको अनावरण गर्नेछौ ।”
उहाँले भारतमा मात्र रहेको यस प्रकारको मूर्ति र तीर्थस्थल नेपालमा अन्यत्र नरहेको बताउदै नेपालमै पहिलो पटक स्थापना गरिएको यस मूर्तिले यहाँको ऐतिहासिक एवं धार्मिक महत्वलाई अझै उचाईमा पुर्याउने बताउनुभयो ।  नगरकोट भ्रमण वर्ष २०८१ को अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमले चाँगुनारायण नगरपालिका क्षेत्रको धार्मिक पर्यटनको बिकासमा टेवा पुर्याउने नगर प्रमुख जीवन खत्रीले बताउनुभयो ।
उहाँले भ्रमण वर्षकै अवसर पारेर ऐतिहासिक भूमिमा अर्को एउटा विशाल मूर्ति स्थापना गरेर ओझेलमा परेको यहाँको धार्मिक सम्पदा र पहिचानलाई हिन्दुधर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थल र अन्यका लागि पर्यटकीयबि आकर्षण हुने बताउनुभयो ।
यस क्षेत्रमा ४१२ वर्ष अगाडि अर्थात १६६९ मा स्थापना भएको मच्छेनारायण एवं श्रीकृष्ण वर्तेश्वर महादेव मन्दिर परिसरमै श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको निर्माण गरिएको हो । यस मूर्तिमा बिभिन्न देवीदेवताका मूर्तिहरुसंगै रहेका छन् भने महाभारतको युद्धमा श्रीकृष्णले अर्जुनलाई रथमा बसेर उपदेश दिईरहदाँको क्षणलाई मूर्तिमा उतारिएको छ ।
चाँगुनारायण नगरपालिका, प्रदेश सरकारलगायत बिभिन्न सरकारी निकायको बजेटबाट यस मन्दिर परिसरमा गणेशको मन्दिर, गेट, पर्खाल, मल्लकालिन शैलीको पाटी, ६४ शिवलिङ्गलगायतका बिभिन्न संरचनाहरु निर्माण भएका छन् । कुण्डसहित त्रिवेणीको रुपमा समेत परिचित यस क्षेत्रमा बिभिन्न पर्वहरुमा भव्य मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका