चाँगुनारायण मन्दिरमा यस वर्ष विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने
चाँगुनारायण, ८ भदौ । विश्व सम्पदा सूचीमा सूचिकृत १८०० वर्ष अगाडि निर्माण भएको चाँगुनारायण मन्दिरमा पर्यटकको आगमन बृद्धि गर्दै विश्वमा प्रचार प्रसार गर्ने उदेश्यले यस वर्ष चाँगुनारायण मन्दिर क्षेत्रमा पर्यटन दिवस मनाउन भएको छ ।
नगरपालिकामा आज आइतबार पर्यटन शाखाले नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा आयोजना गरेको छलफलमा नगरकोट भ्रमण वर्ष, २०८२ को अवसरमा आगामी सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाउने निर्णय गरेको पर्यटन शाखाका प्रमुख गोविन्द कट्टेलले जानकारी दिनुभयो ।
चाँगुनारायण नगरपालिकाले आगामी सेप्टेम्बर २७ तारिक अर्थात असोज ११ गते शनिवार विश्व पर्यटन दिवसका दिन भव्य कार्यक्रम आयोजना गर्दै दिवस मनाउने भएको हो ।
त्यस दिन बिहान प्लेकार्डसहित पर्यटन प्रर्बधन गर्ने उदेश्यले र्यालीको आयाजना गर्ने, चाँगुनारायणको खुल्ला चौरमा वागमती प्रदेशका नवनियुक्त संस्कृति तथा पर्यटन मन्त्री श्री सुरेश खत्रीसहितको उपस्थितिमा पर्यटन दिवस मनाउने निर्णय गरेको हो । नेपाल सम्पदा संघले समेत पर्यटन दिवसमा साझेदारी गर्ने बैठकले निणय गरेको छ ।
त्यस्तै चाँगुनारायण मन्दिरको समग्र व्यवस्थापन गर्ने र समस्या समाधानका लागि पुनः छलफल गर्ने, पुजारीहरु र भडेँल नाइकेहरुबीच छलफल गर्ने तथा मन्दिरको पुजा एवं भेटी व्यवस्थापन गर्ने, पर्यटन सूचना केन्द्रलाई सूचनामैत्री र व्यबस्थित गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्