चाँगुनारायणमा प्रथम मेयर कप दौड प्रतियोगिता हुने
चाँगुनारायण (खरिपाटी) : चाँगुनारायण नगरपालिकाले खेलकुद माध्यमबाट युवामा स्वास्थ्य, अनुशासन र सामाजिक सद्भाव बढाउने उद्देश्यले पहिलो पटक प्रथम मेयर कप दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
चाँगुनारायण नगर खेलकुद विकास समितिले यही कार्तिक २७ गते बिहिबार बिहान ७ बजे सुरु हुने दौड आयोजना गर्ने दौड प्रतियोगिताको नगर प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुहुने समितिका संयोजक रघु केसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विद्यालय तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहभागिताका लागि आव्हान गरिएको जानकारी दिदै उहाँले चाँगुनारायण नगरपालिका वडा नं ५ र ७ को संगम स्थल यातु महादेव स्थानबाट शूरु हुने प्रतियोगिता दुई चरणमा सञ्चालन हुने भएको छ ।
पुरुष र महिलाका लागि छुट्टा छुट्टै हुने प्रतियोगितामा कक्षा ७ र ८ का विद्यार्थीहरुका लागि १ किलोमिटर, कक्षा ९ र १० का लागि २ किलोमिटर तथा कक्षा ११ र १२ का लागि खुलातर्फ २० वर्षसम्मका लागि ३ किलोमिटराको दूरीमा प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजारसहित ट्रफी, द्वितीय हुनेलाई पाँच हजार नगदसहित मेडल, तृतीय हुनेलाई दुई हजारसहित मेडल, चौथो र पाँचौं हुनेले एक हजार रुपैयाँ सहित प्रमाणपत्र पुरुस्कार प्रदान गरिनेछ ।
नगर खेलकुद समितिले प्रतियोगितामा सहभागि हुन चाहनेका लागि कार्तिक २५ गतेसम्म नगरपालिकाको कार्यालय खरिपाटीमा सम्पर्क गरि नाम दर्ता गराउन आव्हान गरेको संयोजक केसीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्