Breaking News
चर्चामा:

चाँगुनारायणमा खानेपानी उद्योगहरूको स्थलगत अनुगमन, सात दिनभित्र अनिवार्य दर्ता गर्न निर्देशन

चाँगुनारायणमा खानेपानी उद्योगहरूको स्थलगत अनुगमन, सात दिनभित्र अनिवार्य दर्ता गर्न निर्देशन

चाँगुनारायणमा खानेपानी उद्योगहरूको स्थलगत अनुगमन, सात दिनभित्र अनिवार्य दर्ता गर्न निर्देशन

चाँगुनारायण, ५ साउन : चाँगुनारायण नगरपालिका वडा नं. ३ मा सञ्चालनमा रहेका खानेपानी उत्पादन गर्ने उद्योगहरूको स्थलगत अनुगमन गरिएको छ।
अनुगमन टोलीले उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइ अवस्था र दर्ता सम्बन्धी अवस्थाको स्थलगत निरीक्षण गरेको हो।

अनुगमनका क्रममा पानी जारहरूको गुणस्तरमा सुधार आवश्यक देखिएको, कतिपय उद्योगले नगरपालिकामा दर्ता नगरेको, र उत्पादन स्थल वरपरको स्वच्छता असन्तोषजनक अवस्थामा रहेको पाइएपछि निम्न निर्देशनहरू दिइएको छ:

  • पानी जारहरूको गुणस्तरमा विशेष ध्यान दिनु पर्ने

  • ७ दिनभित्र अनिवार्य रूपमा नगरपालिका दर्ता प्रक्रिया पूरा गर्नुपर्ने

  • उत्पादन स्थल तथा परिसरको स्वच्छता कायम राख्नुपर्ने

  • कम्पनीको दर्ता तथा नवीकरण अनिवार्य गर्नुपर्ने

  • पानीको गुणस्तर परीक्षणका लागि ल्याबको व्यवस्था गर्नुपर्ने

नगरपालिकाले आगामी दिनहरूमा निर्देशनको कार्यान्वयन अवस्था पुनः अनुगमन गर्ने जनाएको छ। पालना नगर्ने उद्योगहरूलाई कानुनी प्रक्रिया अनुसार कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका