Breaking News
चर्चामा:

चाँगुनारायण नगरपालिकाद्धारा क्षेत्रस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना

चाँगुनारायण नगरपालिकाद्धारा क्षेत्रस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना

चाँगुनारायण नगरपालिकाद्धारा क्षेत्रस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना

चाँगुनारायण, २५ कात्तिक । चाँगुनारायण नगरपालिका शिक्षा शाखाले आयोजना गरेको क्षेत्रस्तरीयको हाजिरी जवाफ प्रतियोगिता बिभिन्न विद्यालयहरुले सहभागिता जनाएका छन् ।

शाखाले वडागत रुपमा नगरपालिकाको हल तपादम्फोमा आयोजना गरेको प्रतियोगितामा पहिलो दिन कात्तिक २३ गते वडा नं १, २ र ३ को विद्यालयहरुबीच प्रतिस्पर्धा भएको थियो ।

क्षेत्रस्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रतिस्पर्धामा नवीन ईङ्लिस स्कुल प्रथम, फुलब्राईट ईङ्लिस स्कुल द्वितीय र प्रज्ञा ईङ्लिस स्कुल तृतीय भएका छन् ।

त्यसैगरि २४ गते वडा नं ४, ५ र ६ को क्षेत्रस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सहभागी विद्यालयहरु मध्येबाट दीप सरस्वती ईङ्लिस स्कुल प्रथम, क्वालिटी ईङ्लिस स्कुल द्वितीय र गणेश माध्यमिक विद्यालय तृतीय भएका छन् ।

त्यसैगरि २५ गते वडा नं ७, ८ र ९ को क्षेत्रस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी विद्यालयहरु मध्येबाट आरक्षण नेशनल एकेडेमी प्रथम, सरस्वती माध्यमिक विद्यालय द्वितीय र पारिजात विद्या कुञ्ज तृतीय भएका छन् ।

प्रतियोगिताको २६ गते बुधबार हुने फाइनल प्रतियोगिता सम्पन्नसंगै नगर प्रमुख जीवन खत्रीद्धारा तीन दिनको प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालय एवं फाइनल चरणमा विजेता हुने विद्यालय तथा विद्यार्थीहरुलाइ पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिने शिक्षा शाखाकी अधिकृत अनुपा लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका