गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको अनावरणमा बाजागाजासहितको र्यालीका झलकहरु
चाँगुनारायण (छालिङ्ग), ३१ साउन । चाँगुनारायण नगरपालिका–५ छालिङ्ग गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्राम रहेको नेपालमै पहिलो पटक स्थापना गरिएको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको प्राणप्रतिष्ठाको रौनक उत्तिकै थियो ।
तीनदिनदेखि सात जना ब्राम्हणले गरेको रुद्री, हामे, होमादी, आहुती र साँझको भजनले गोकुल धाम स्थित मच्छेनारायण मन्दिर परिसर क्रकक्रकाउन र रौनकले स्थानीयमा थप रौनकता थपेको थियो ।

त्यसमाथि पनि हालै मात्रै मुख्य मन्त्री बन्नु भएका वागमती प्रदेशका मुख्य मन्त्री इन्द्र बानियाँ, नेपाली काँग्रेसको जिल्ला सभापति एवं संघीय सांसद दूर्लभ थापा, वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, एक अगाडि मात्रै नियक्त भएर सपथ ग्रहण ग्रहण गर्नु भएका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, श्रीश्रीश्री १००८ श्री महामंडलेश्वर सरिता गिरीलगायतका टोली बिहाल मूर्तिको अनावरण गर्न आउने भएपछि उहाँहरुको टोलीलाई स्वागत गर्न चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको टोलीसमत मोटरसाईकलको रयाली सहित पुगे भक्तपुर नगरपालिकास्थित देकोचा ।

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर नगर प्रमुख जीवन खत्रीको निमन्त्रणलाई स्वीकार गर्दै आएको विशिष्ट पाहुनाका टोलीलाई नगर प्रमुखसहितको टिमले देकोचारबाट स्वागत गर्दै जब हातहातमा नेपालको राष्ट्रिय झण्डा र धार्मिक झण्डा बोकेर मोटरसाइकल र गाडीको लावालस्कर निस्कियो तब सिंगो चाँगुनारायण उत्साह, उमंगका रौनकताले जुरुक्क उठेको अनुभूति भयो ।

लावालस्कर मन्दिर नजिक पुगेपछि वडा अध्यक्ष जयन्द्र खड्काको टोलीले स्वागत गर्दै बासुरी बाजा, धिमे बाजा र बैण्ड बाजाको धुनमा धार्मिक महोत्सवमय बन्दै श्रीकृष्ण जन्माष्टमीको पावन अवसरलाई आत्मनुभूति गदै गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको अनावरण युगौयुगसम्म विवन्त रहने छ भने यसको परिकल्पनाकारदेखि मन्दिर स्थापना गर्नेतहसम्मका सबैलाई सम्झाई रहनेछ ।



प्रतिक्रिया दिनुहोस्