वडाध्यक्ष सिजन कार्की बस्ती जोगाउँन जब आफै डोजर लिएर पुगेँ मनोहरा खोला
चाँगुनारायण (मनोहरा), ८ भदौ । चाँगुनारायण नगरपालिका वडा नं. १ बेशीमा मनोहरा खोलाले कटान गरि बस्ति जोखिममा पारेपछि वडाध्यक्ष सिजन कार्की मनोहरा खोलाको बहाब फर्काउन आफै डोजर लिएर खोलामा पुगेका छन् ।
हरेक वर्ष झै यसवर्ष पनि मनोहरा खोलाको बहाब बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि मनोहरा खोलाको बहाब फर्काएर बस्ती जोगाउन वडाध्यक्ष कार्की आफै डोजर लिएर खोलामा पुगेका हन् ।
चाँगुनारायण नगरपालिका वडा नम्बर १ बेशी र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मुलपानीका समन्वयमा अस्थायी रुपमा खोला फर्काएर बस्ति जोगाउने प्रयास थालिएको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष कार्कीले बस्तिलाई तत्काल जोगाउन आबश्यक रहेकाले अस्थायी रुपमा खोला फर्काउन लागिएको बताउनु भयो । उहाँले नगर प्रमुख जीवन खत्रीबाट नगर स्तरीय बैठक गरि स्थायी रुपमा खोला कटान रोक्न मनोहरा करिडोर चाँडो भन्दा चाँडो निर्माण गर्न आग्रह गरिने बताउनु भयो ।
यही भदौ ६ गते परेको अबिरल वर्षा पछि आएको बाढीले चाँगुनारायण वडा नम्बर १ दुवाकोट तर्फको जमिन कटान गरि खोला किनार नजिक रहेका चारवटा जस्ताका टहरा बगाएको उहाँले जानकारी दिनुभयो ।
मनोहरा खोलामा बन्दै गरेको पुलसम्म जाने सडक पनि खोलाले कटान गरि बगाएको बताउदै बस्ति नजिक खोला आईपुगेपछि स्थानीयहरू त्रसित भएको बताउनुभयो ।
वडा नम्बर १ का निबर्तमान अध्यक्ष राजेश खड्का, रोशन कार्की, गोबिन्द थापा, जनप्रतिनीधिहरू, स्थानीय नेता तथा समाजसेबीहरूले खोलाको कटानको निरीक्षण गरेका थिए । अस्थायी रुपमा खोला फर्काइएपछि भने जोखिम न्यूनिकरण हुने स्थानीयको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्