Breaking News
चर्चामा:

हजारौ दर्शक झुम्दै अबेर राती सम्पन्न स्व.बुद्धिकृष्ण लामिछाने साँझ २०८२, मुख्यमन्त्रीद्धारा उद्घाटन, हजारौको सहभागिता

हजारौ दर्शक झुम्दै अबेर राती सम्पन्न स्व.बुद्धिकृष्ण लामिछाने साँझ २०८२, मुख्यमन्त्रीद्धारा उद्घाटन, हजारौको सहभागिता

मरणोपरान्त ५१ हजार पुरस्कार

हजारौ दर्शक झुम्दै अबेर राती सम्पन्न स्व.बुद्धिकृष्ण लामिछाने साँझ २०८२, मुख्यमन्त्रीद्धारा उद्घाटन, हजारौको सहभागिता
भक्तपुर, १३ पुस : आईतबार रातको नौ बज्दै थियो, चाँगुनारायण नगरपालिका–७ तपादम्फो (हेल्मेड डाँडा) को खुल्ला क्षेत्रमा चिसो उत्तिकै बढेको थियो । चिसोको पर्वाह नगरी हजारौ दर्शकहरु गायक स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ को रौनकतामा झुमिरहेका देखिन्थे ।
भारतीय चर्चित गायक आर्काे मुखर्जी (Arko Mukheerjee) ‘पिढीँमा बसेर मेरै बाटो हेरेर रदै होलिन् मेरी आमा मलाई सम्झेर’ बोलको गीतलाई रिमिक्समा गाउँदै गर्दा रात र चिसोको पर्वाह नगरी रौनकतामा हजारौ सहभागिहरु नाच्दै झम्दै गरेको देखिन्थ्यो ।
चाँगुनारायण नगरपालिकाले आज आयाजना गरेको चर्चित राष्ट्रिय लोक गायक स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ मा हजारौ दर्शकले चिसोको पर्वाह नगरी राती नौ बजेसम्म पनि झुम्दै, नाच्दै रौनकता थपिरहेका छन् ।
चाँगुनारायण नगरपालिका–७ मा २०१५ साल साउन १ गते जन्मेर २०७५ साल पुस १३ गते निधन भएपछि ओझेलमा पर्नु भएका चर्चित लोक गीतहरुका गायक लामिछानेको आठौ स्मृति दिवसमा उहाँको योगदानको स्मरण गर्दै नगरपालिकाले आज स्वर्गीय बुद्धिकृष्ण लामिछाने साँझ–२०८२ को अयोजना गरेको हो ।
चाँगुनारायण नगरपालिकाले सञ्चालन गरिरहेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को अवसर पारेर चाँगुनारायण नगरपालिका–७ तपादम्फो (हेल्मेड डाँडा) को खुल्ला क्षेत्रमा दिउँसो १ बजेदेखि सुरु भएको साँझ राती नौ बजसम्म पनि एकाय ब्याण्डको प्रस्तुतीमा काठकाडौं उपत्यकाका बिभिन्न क्षेत्रबाट कार्यक्रममा सहभागि हजारौ दर्शकहरुले कार्यक्रममा साथ दिइरहेका छन् ।
कार्यक्रममा स्व. लामिछानेको चर्चित गीतहरु पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर, घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर, गाई त बाध्ने पाटको दाम्लो, बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु………..’ लगायतका गीतहरु गुञ्जिएका छन् ।
कार्यक्रममा अबेर रातीसम्म धेरै नेपाली गीतहरु गाउनु भएका भारतीय चर्चित गायक आर्काे मुखर्जी (Arko Mukheerjee) को विशेष प्रस्तुतीले दर्शकलाई तानेको छ । कार्यक्रममा ऐक्या हामी व्याण्ड, (Ekaya Hami, कोमल ओली, बिक्रम सुवाल, लोक गायक सानु केसी, सविता ढुङ्गाना, कपिस कसपाल। सूर्यमणी आचार्य, सविना केसी,लगायतका दर्जनौ चर्चित गायक एवं गायिकाहरुले स्वं लामिछानेका र आफ्ना गीतहरु गाउँदा जाडोको मौषमको पर्वाह नगरी हजारौ दर्शन रमाएर झुमेका थिए ।
मुख्य मन्त्री इन्द्र बानियाँद्धारा उद्घाटन :
कार्यक्रमको वागमति प्रदेशका मुख्य मन्त्री इन्द्र बानियाँले कलाकार देशको गहण भएकाले उनीहरुको सम्मानलाई प्रथामिकतामा राख्नु पर्ने बताउनुभयो । उहाँले बुद्धिकृष्ण लामिछाने उहाँका गीत मार्फत सधै जीवित रहने बताउदै देश, प्रदेश, स्थानीय सबै क्षेत्रका गहणाका रुपमा उहाँ जस्ता स्रष्टा एवं कलाकारलाई देशको अमूल्य सम्पत्तिको रुपमा ग्रहण गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट भ्रमण वर्षको अवसर पारेर आफ्नै ठाउँका गायक बुद्धि कृष्ण लामिछानेको सम्झानामा आयोजना गरेको कार्यक्रम उहाँको योगदानलाई जिवन्त राख्न टेवा पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कला, संस्कृति, ईतिहास, कलाकारको सम्मान गर्दै आफ्नो ठाउँको विकासका लागि सबै मिलेर जुटेर अगाडि बढ्नु पर्छ, एकले अर्काको आलोचना गर्ने, नकारात्मक टिप्पणी गर्ने कार्यलाई छाडेर आफ्नो ठाउँ बनाउन सकै जुटेर लाग्ने हो भने विकास ढिलो हुदैन । विकासका लागि सबै एकजुट भएर जुटौ ।”
नगरपालिकाका प्रमुख खत्रीले गायक लामिछाने चाँगुनारायणको शान भएको बताउदै उहाँका चर्चित गीतहरु आजका दिनमा पनि उत्तिकै गुञ्जने गरेको बताउदै उहाँको मृत्यु भएकै दिना नगरकोट भ्रमण वर्षको अवसर पारेर ठलो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रमका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष श्याम नायजुले गायक बुद्धि कृष्ण लामिछाने आफ्नो ठाउँको गायक एवं कलाकार भएपनि उहाँ देशकै सम्पत्ति भएको बताउदै उहाँको सम्झानामा आयोजित कार्यक्रमले उहाँको योगदानलाई पुनः एक पटक जिवन्त राखेको बताउनुभयो ।” कार्यक्रममा मुख्य मन्त्री बानियाँ, नगर प्रमुख खत्री लगायतले गायक लामिछानेको जीवनी समेटेर प्रकाशित गरेको जीवनी पुस्तिका बिमोचन गर्नुभयो ।
मरणोपरान्त रु. ५१ हजारको पुरस्कार :
कार्यक्रममा नगरपालिकालेगायक स्व. बुद्धिकृष्ण लामिछानेलाई मरणोपरान्त रु. ५१ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ । लामिछानेको श्रीमति दुर्गादेवी लामिछानेलाई मुख्य मन्त्री बानियाँ र नगर प्रमुख खत्रीले दसल्ला ओढाएर सम्मान पत्रका साथ ५१ हजारको चेक हस्तान्तरण गर्दै पुरस्कार एवं सम्मान प्रदान गर्नु भएको हो । ३० हजारभन्दा बढी दर्शकको सहभागिता रहेको साँस्कृतिक साँझमा स्थानीय उत्पादन, खानाहरुको समेत प्रर्दशनी एवं बिभिन्न स्टलहरु राखिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति एवं निवर्तमान् प्रतिनिधिसभा सांसद दूर्लभ थापा, एमाले जिल्ला अध्यक्ष बचन देउजा, वागमति प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, राप्रपाका केन्द्रयि महामन्त्री रबिन्द्र प्रताप शाह, बिभिन्न वडाका वडाध्यक्षरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका