चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुलाई बन डढेलो नियन्त्रण सम्बन्धि प्रशिक्षण
भक्तपुर, ७ जेठ । चाँगुनारायण नगरपालिकामा वन डढेलो व्यवस्थापन सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजना सामुदायिक वन उपभोक्ता महासंघ नेपाल भक्तपुर तथा स्थानीय वन उपभोक्ता महासंघ चाँगुनारायण नगर समितिको सहकार्य तथा वन डिभिजन कार्यालय खरीपाटिको प्राविधिक सहयोगमा सञ्चालन गरेको प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको हो ।
यसअघि चाँगुनारायण नगरपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागिता रहेको प्रशिक्षणको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले वन सबैको मुख्य प्राकृतिक सम्पत्ति भएकाले यसको संरक्षणमा जरुरी रहेको बताउनु भएको थियो । उहाँले आफ्ना नागरिकसंग प्रत्यक्ष जोडिएर कार्यक्रम गर्न पाउदा खुशी लागेको बताउदै आगामी दिनमा वन संरक्षण तथा व्यवस्थापनका लागी आवश्यक कार्यक्रम प्रस्ताव गर्न सामुदायिक वनका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले समयमानै पुर्वतयारीमा काम गर्न सकेमा डढेलोबाट हुने ठुलो क्षतिलाई रोक्न सकिने बताउदै त्यसका लागि समुदायिक वन उपभोक्ता समितिहरु मुख्य जिम्मेवार र अग्रसर हुनुपर्नेमा जोड दिनु भयो । नगरपालिकाले बन उपभोक्ता समितिहरुलाई सक्दो सहयोग गर्दै आएको उहाँले चर्चा गर्नुभयो ।
चाँगुनारायण नगर भित्र रहेका सामुदायिक वनका ४५ जना को सहभागितामा रहेको प्रशिक्षणमा विपद् व्यवस्थापन, जलवायु परीवर्तन, विपद् व्यवस्थापन चक्र, वन डढेलो व्यवस्थापन, वन डढेलो नियन्त्रणमा ध्यान पुर्याउनु पर्ने विषयहरु, वन डढेलोको नियन्त्रण गर्दा अपनाउनु पर्ने साबधानी तथा वन डढेलो नियन्त्रण सम्बन्धि चाँगुनारायण नगरपालिका वडा नं ४ स्थित सामुदायिक बनमा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।
प्रशिक्षणमा वन विज्ञ सुभास देवकोटा, नगरपालिकाका विपद् विज्ञ दिनेश थापा, डिभिजन बन कार्यालय खरीपाटीकी प्रमुख प्रेमा थापा, विपद् व्यवस्थापनमा प्रशिक्षक राजकुमार लम्साललगायतले प्रशिक्षणमा सहजिकरण गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्