Breaking News
चर्चामा:

कक्षा १२ को प्रश्नपत्र ‘आउट’ प्रकरण–काठमाडौं वर्ल्ड स्कूलको परीक्षा केन्द्रमा अनुसन्धान टोली

कक्षा १२ को प्रश्नपत्र ‘आउट’ प्रकरण–काठमाडौं वर्ल्ड स्कूलको परीक्षा केन्द्रमा अनुसन्धान टोली

कक्षा १२ को प्रश्नपत्र ‘आउट’ प्रकरण–काठमाडौं वर्ल्ड स्कूलको परीक्षा केन्द्रमा अनुसन्धान टोली

भक्तपुर, २१ बैशाख : काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो । परीक्षा सुरु हुनु अघि नै विद्यार्थीकाे हातमा प्रश्नपत्र पुगेकाे सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।

अनुगमन टोलीले प्रहरी र एनइबीकाे आइटी टाेलीलाई राखेर छानविन समिति बनाएकाे  छ । उक्त समितिले अनुसन्धान गरिरहेको सीडीओ अर्यालले नेपाल प्रेसलाई बताए ।भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले छानविन सुरु गरेको छ ।

उनले भने,‘परीक्षा सुरु हुनु अगावै कक्षा १२ को प्रश्न पत्र आउट भएको सूचना आएपछि हामी अनुगमनमा गएका थियौं । प्रहरी र एनईबीको आइटीको अनुसन्धान टोलीले छानविन गरिरहेको छ । ’ उनका अनुसार उक्त कलेजको परीक्षार्थीकाे मोवाइल जफत गरेर अनुसन्धान गरिरहेको छ । परीक्षा सकिएपनि  काठमाडौं वर्ल्ड स्कुलका परीक्षार्थीलाई भने बाहिर निस्कन दिइएकाे छैन । उनीहरुकाे माेवाइल चेक भइरहेकाे छ ।

शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए । एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुसी व्यक्त गरेपछि यो विषय लिक भएको थियो ।

अघिल्लो वर्ष पनि काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र लिक भएको तर परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले हावा कुरा भनेर पन्छिएको भक्तपुरका रासस संवाददाता रमेश गिरीले बताए । तर यसपटक भने जिल्ला प्रशासन कार्यालयले नै अग्रसरता लिएर प्राविधिक टोलीसहित अनुसन्धान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका