नगर प्रमुख जीवन खत्रीद्वारा विद्यार्थीलाई पोशाक वितरण
चाँगुनारायण (सरस्वतीखल), २० साउन । चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वतीखेलस्थित ‘श्री विनायक सरस्वती आधारभूत विद्यालय’ का विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
बालबालिकाको सर्वाङ्गिन विकासलाई प्राथमिकता दिँदै आएको ‘समृद्ध वडा नं १’ अभियानले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो ।
विद्यार्थीलाई चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विद्यालय पोशाक वितरण गर्नु भएको हो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राख्नु नहुने बताउनुभयो ।
नगर प्रमुख खत्रीले नगरपालिकाले सामुदायीक विद्यालयको शिक्षामा गुणस्तर बृद्धि गर्ने उदेश्यले शिक्षामा नगरपालिकाले बजेट विनियोजन गरेको बताउदै गुणस्तरीय शिक्षाले विद्यार्थीको भविश्यसंग नगरपालिकाको भविश्य पनि उज्जल हुने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सिजन कार्कीले एको बताउदै विद्यालयमा गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले बालबालिकाको विकासलाई भविष्यप्रतिको लगानीको रूपमा लिदै अगाडि बढेको बताउनुभयो ।
नयाँ पोशाकले बालबालिकामा आत्मविश्वास बढाउने बताउदै यसले विद्यार्थीलाई विद्यालय जान सहज महसुस गराउँने र सिकाइमा अझ सक्रिय सहभागिता हुन प्रेरणा दिने विश्वास लिएको बताउनुभयो । नयाँ पोशाक पाए पछि विद्यार्थीहरुको मुहारमा निकै खुसी छाएको थियो ।
प्रतिक्रिया दिनुहोस्