Breaking News
चर्चामा:

पर्यटन प्रबद्र्धन गर्न भक्तपुर–ताथली–नालागढीँ २५ किलोमिटरको साइकलिङ एवं हाइकिङ

पर्यटन प्रबद्र्धन गर्न भक्तपुर–ताथली–नालागढीँ २५ किलोमिटरको साइकलिङ एवं हाइकिङ

पर्यटन प्रबद्र्धन गर्न भक्तपुर–ताथली–नालागढीँ २५ किलोमिटरको साइकलिङ एवं हाइकिङ
ब्रम्हायणी (ताथली) , ७ असार । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र ओझेलमा परेका ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्यबारे पर्यटकलाई आकर्षित गर्न आयोजना आज आयोजना गरेको साइकलिङ तथा हाइकिङ सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिका–९ स्थित श्रीदक्षिणकाली युवा समूहले आज भक्तपुरको ब्रम्हायणी मन्दिरमा आयोजना गरेको भक्तपुर–ताथली–नालागढीँ साइकलिङ तथा हाइकिङको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रिबन काटेर साईकल यात्रा सुरु गर्दै उद्घाटन गर्नु भएको यात्रा अपरान्ह सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका क्षेत्र भित्र १ देखि ९ वटै वडामा रहेका ऐतिहासिक एवं धार्मिक सम्पदा, पर्यटकीय गन्तव्यका क्षेत्रहरुको प्रचार गर्ने र लुकेर रहेका सम्पदा एवं पर्यटकीय क्षेत्रको पहिचार, संरक्षण र उजागर गर्न नगरकोट भैमण वर्ष सफल हुने बताउनुभयो । आफ्नो ठाउँको विकास गर्न, आफु जन्मेको ठाउँको पहिचान बनाउदै पर्यटकीय क्षेत्रको रुपमा पहिचान गराउन युवाहरु लाग्नु पर्ने बताउदै उहाँले दक्षिणकाली युवा समूहजस्तै नमूना रुवमा सबै क्षेत्रका युवाहरु जागरुक भए विकास छिट्टै सम्भव हुने बताउनुभयो ।
आजको साइकल यात्राले चाँँगुनारायणका बिभिन्न ठाउँ, ताथली, नालागढीँ, टावर, ऐतिहासिक गढीलगायतको क्षेत्रमा पर्यटकीय पहिचान बनाउन सफल हुने बताउदै उहाँले सबैलाई यसैगरि लाग्न नगर प्रमुख खत्रीले आव्हान गर्नुभयो ।  कार्यक्रममा नगरकोट भ्रमण वर्ष–२०८२ को सचिवालयका बिज्ञ डा. घनश्याम खतिवडाले अथाह पर्यटकीय गन्तव्य रहेको र पर्यटक प्रर्बद्धनमा अथाह सम्भावना रहेको चाँगुनारायण नगरपालिका क्षेत्रलाई पर्याप्त प्रचारप्रसार गर्दै पर्यटकीय गतिबिधि बढाउन सके ओझेलमा परेका गन्तव्यमा पनि पर्यटकको आगमन बढ्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समूहका अध्यक्ष सुरेशराज गिरीले ओझेलमा परेको पर्यटकीय क्षेत्र ताथली, सुडाल, नालागढीँलगायतका बिभिन्न क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उदेश्यले आज आयोजना गरिएको साइकलिङ तथा हाइकिङ कार्यक्रम पर्यटकको आगमन बढाउने बताउनुभयो । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सिमानामा रहेको ब्रम्हायणी मन्दिर परिसरबाट सुरु भएको साइकलिङ तथा हाइकिङ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सहयोग पुर्याई पर्यटकलाई आकर्षित गर्न टेवा पुग्ने बताउनु भयो ।
भक्तपुर, काठमाडौं र ललितपुरलगायतका बिभिन्न क्षेत्रबाट सहभागि भएका २५० साइकल यात्रीको सहभागिता रहेको यात्रा ब्रम्हायणी मन्दिरबाट सुरु भई इथाचा–चुनदेवी मन्दिर, डाडाँपाटी–धाराकुलो फैडोका, कडेलापाला दक्षिणकाली मन्दिर,गिरी, बस्नेत, खड्का, छँुका टोल, देवी मा.वि. सौडोल–गँचा, माथिल्लो खड्का, बुढाथोकी टोल, गोेठाले चौर (बस्नेत स्टोर), ताथली पुल, नालाछाप चिलाउने घारी–अमलडोल (नाला मुम्बा, गुम्बा, पुजारीपाटी–चट्टान अभिलेख,  खावा भ्यू टावर, नाला भ्यू टावर,  कलससी–ठूली ब्रम्हायणी मन्दिर, सुडाल बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर, साखकर्मी टोल, फैढोकामा आज अपरान्ह २५ किलोमिटर यात्रा सम्पन्न गरिने अध्यक्ष गिरीले बताउनुभयो ।
साइकलिङ तथा हाइकिङका व्यबस्थापक नविन बस्नेतले प्रत्येक सहभागिलाई ५० हजार बराबरको दूर्घटना बिमाको व्यबस्था गरिएको जानकारी दिदै साइकलिङ गर्दा हुने दुर्घटना वा स्वास्थ्य सेवाको लागि नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरिएको उहाँले बताउनुभयो । साइकलिङ तथा हाइकिङ यात्रामा बिभिन्न ठाउँमा यात्रीलाई स्वागत सत्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका