यही वर्ष कल्पेश्वर महादेवको मूर्ति निर्माण कार्य सम्पन्न गर्छौ : नगर प्रमुख जीवन खत्री
चाँगुनारायण, १३ साउन : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चालू आर्थिक वर्षभित्र नै कल्पेश्वर महादेवको मूर्ति निर्माण कार्य सम्पन्न गर्ने गरि अगाडि बढ्नु पर्ने बताउनु भएको छ । आज मंगलबार कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजले यहाँ आयोजना गरेको १३ औं नाग पञ्चमी मेला तथा २७ फिट कालीनागको विशेष रुद्री पूजा कार्यक्रममा उहाँले बोल्दै चाँगुनारायण क्षेत्र तपोभूमि रहेको बताउनु भएको छ ।

उहाँले विश्व सम्पदा सूर्चीमा रहेको चाँगुनारायण मन्दिरदेखि कल्पेश्वर महादेव मन्दिरसम्मको क्षेत्र पूर्ण रुपमा ऐतिहासिक, पुरातात्विक एवं धार्मिक क्षेत्रको रुपमा रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, “हाम्रै पालामा विकास सम्भव छ, त्यही संकल्पका साथ नगरकोट भ्रमण वर्षको शुभारम्भ गरेका हौ । विकासमा सबैलाई जोडदै लगेका छौँ, धार्मिक, आर्थिक र पर्यटन विकास र सिंगो चाँगुायणको सम्बृद्धिको यात्रा थालनी गरेका छौँ ।” उहाँले यसको संरक्षण, विकासका लागि नगरकोट भ्रमण वर्ष–२०८२ आयोजना गरेको बताउनुभयो ।

नगर प्रमुख खत्रीले बैद्धिककालदेखि नै तपोभूमि र देवभूमिका रुपमा रहेको यहाँका शिवालय र मन्दिरको दर्शन गर्नाले पनि मोक्ष पाइन्छ भन्दै अपूरो रहेको १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति निमाण कार्य चालू आर्थिक वर्षमै सम्पन्न गर्ने गरि अगाडि बढेको बताउनुभयो । उहाँले १३ वर्षदेखि कल्पेश्वर महादेव मन्दिर एवं महादेवको बसेको मूर्ति निर्माण गर्न संकल्पका साथ अगाडि बढिरहेको बताउद्र यसवर्ष यसको निर्माणले पूर्णता पाउने बताउनुभयो ।

नगर प्रमुख खत्रीले तीन तहकै सरकारको सहयोग र समन्वयमा कल्पेश्वरको निर्माणलाई पूर्णता दिएर यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको घोषणा गर्दै धार्मिक पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने बताउनुभयो । सिंगो चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेका शिवालयहरु र बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा साउन मला लागिरहेको बताउदै महायज्ञ सञ्चालन गरेको बागेहिटीको त्रिलाकेश्वर महादेवलाई पनि दान दिएर धार्मिक क्षेत्रको विकासमा हयोग गर्न पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्