नगर प्रमुख खत्रीसहित ५०० जनाले गरे बोजिनी ड्याममा बृहत सरसफाई
भक्तपुर १२ जेठ । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले भक्तपुरको चाँगुनारायण नगरपालिकाको पर्यटकिय ठाँउ बोजिनी ड्याममा आयोजना गरिएको सरसफाइ कार्यक्रमले यहाँको पर्यटकीय क्षेत्रको महिमा बढाएको बताउनुभयो ।
विश्व सुसमाचार समाजले आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको पर्यटकिय ठाँउ बोजिनी ड्याम परिसरमा आयोजना गरेको सरसरफाई कार्यक्रममा चाँगुनारायण नगरपालिकाले लिएको नगरकोट भ्रमण २०८२ लाई सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । यो समाजलाई समुदायलाई प्रत्येक नागरिकलाई समाजको विकास र रुपान्तरणका लागि यो नगरपालिकालाई समृद्ध गर्नका लागि निरन्तर रुपमा यस्ता खालका कार्यक्रमहरु गरिरहेकाले आगामी दिनहरुमा पनि सहकार्य गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष सोम प्रधानले यस सरसफाई कार्यक्रमले यस ठाँउका मानिसहरुलाई आफ्नो ठाँउ आफै सफा गर्नुपर्छ भन्ने कुराको महसुस गराएको बताउनुभयो । आगामी दिनहरुमा पनि नगरपालिकासँग मिलेर मानविय सेव गर्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता जीवन खत्रीले यस पर्यटकीय क्षेत्रमा भएको सबै फोहोरहरु सफा गरिएको बताउनुभयो । यस्ता अभियानले गर्दा यो ठाँउका स्थानीय आफैले यो ठाँउमा सफाई अभियान चलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । चाँगुनारायण नगरपालिकाले स्वयंसेवकहरूका लागि पानी र फोहोर सङ्कलन गर्ने सवारी साधन उपलब्ध गराएर स्वयंसेवा गतिविधिमा सहयोग पु्र्याएको थियो ।
विश्व वातावरण दिवस जुन ५ र विश्व महासागर दिवस जुन ८ को उपलक्ष्यमा समाजले विश्वभरि पारिस्थितिक प्रणालीको संरक्षण गर्न वातावरणीय अभियानहरू सञ्चालन गर्दै विश्वको ध्यानाकर्षण गरिरहेको छ । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव–जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ, यसलाई कम गर्नु नै यस अभियानको उद्देश्य हो ।
नेपालको भक्तपुरस्थित बोजिनी ड्याम परिसरमा सोमबार सरसफाइ कार्यक्रम आयोजना गरेर दिगो पृथ्वी सिर्जना गर्न योगदान पुर्याएको छ । यो एउटा सानो गतिविधि हो, तर आफू रहेको स्थानीय समुदायदेखि नै वातावरणलाई सफा बनाएर, सहभागी स्वयंसेवकहरू मात्र होइन तर हेर्ने छिमेकीहरूले पनि वातावरण संरक्षणसम्बन्धी आफ्नो चेतना परिवर्तन गर्नेछन् ।
स्वयंसेवकहरूले सूर्यास्त र सूर्योदय अवलोकनको लागि प्रसिद्ध ड्याम परिसर, साथै नजिकै सडकको छेउछाउ र बस स्टपहरूबाट फोहोर सङ्कलन गरेका थिए । स्वयंसेवकहरूले चुरोटको ठुटा, चाउचाउ तथा बिस्कुटका खोलहरू, खानेकुराका डब्बाहरू, प्लास्टिकका कपहरू, सिसिका बोतल र कागजहरू जस्ता विभिन्न फोहोरहरू सङ्कलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्