एकल नृत्य प्रतियोगितामा प्रथम हुर्दै खत्रीले हात पारित नगद रु. एक लाख पुरस्कार
चाँगुनारायण, ७ असार । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिकामा आयोजना गरिएको भक्तपुर जिल्लास्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा स्नेहा खत्रीले प्रथम हुदै नगद एक लाख पुरस्कार हात पार्नु भएको छ ।
बोडेमा शनिबार आयोजना गरिएको प्रतियोगिताको फाइनल चरणको अन्तिम प्रस्तुतीमा मण्डला कला केन्द्र मध्यपुरथिमि बोडकी खत्रीले प्रथम स्थान हासिल गर्दै एक लाख नगद पुरस्कार हात पार्नु भएको हो । उहाँले प्रतियोगिताको पहिलो चरण सहभागि कुल २७२ प्रतिस्पर्धीलाई पछाडि पार्दै अन्तिमको १६ प्रतिस्पर्धीलाई पनि पछाडि पार्दै पुरस्कार हात पार्नु भएको हो ।

प्रतियोगितामा सेक्रियट हार्ट स्कुल भक्तपुर नगरपालिका–४ गपलीका म्हारमेन दोङले दोश्रो स्थान हासिल गर्दै ५० हजार नगद पुरस्कार प्राप्त गर्नु भयो भने सिद्धिदास सेकेण्डरी स्कुल पाण्डुबजार भक्तपुरकी युमिसा तामाङले तेश्रो स्थान हासिल गर्दै नगद २५ हजार पुरस्कार प्राप्त प्राप्त गर्नुभयो ।
कार्यक्रममा संघीय सांसद् दुर्लभ थापाले विजयी प्रतियोगिहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा सान्त्वना हुने दुई जनालाई रु. १० हजारका दरले पुरस्कारसहित प्रमाण पत्र प्रदान गर्नुभयो । प्रतियोगितामा अमिनिटी इगलिश स्कुल मध्यपुरथिमि तेर्साटारकी स्मारिका प्रसाई र वागीश्वरी मावि भक्तपुरकी मेलिना घर्तीमगर संयुक्त रुपमा सान्त्वना हुन सफल हुनु भएको थियो ।
राइजिंग स्टार डान्स सेन्टर चाँंगुनारायणले आयोजना गरेको प्रतियोगितामा भक्तपुरका चार वटै नगरपालिकाका ३८ वटै वडाहरुहरुबाट प्रतिस्पर्धीहरु सहभागी भएका थिए ।
प्रत्येक शनिबार शनिबार एक पटक गरी पाँंच चरणमा शनिबार फाइनल तथा अन्तिम प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको पहिलो चरणमा कुल दुई सय ७२ प्रतिस्पर्धी प्रतिस्पर्धामा थिए । त्यसपछि दुई सय, ६४ हुँंदै अन्तिममा १६ प्रतिस्पर्धी फाइनललमा पुगेका थिए । प्रतियोगिता समापन समारोहमा सांसद दुलर्भ थापा, चाँंगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीलगायतले नगरकोट भ्रमण वर्षको प्रभवकारिताबारे चर्चा गर्नु भएको थियो । चाँंगुनारायण नगरपालिकाले मुख्य सहयोग रहेको प्रतियोगितामा बिभिन्न निकायल पनि सहयोग गरको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्