Breaking News
चर्चामा:

चाँगुनारायण नगर क्षेत्रका सम्पदाहरुको उत्खनन् एवं संरक्षण गर्छौ : नगर प्रमुख जीवन खत्री

चाँगुनारायण नगर क्षेत्रका सम्पदाहरुको उत्खनन् एवं संरक्षण गर्छौ : नगर प्रमुख जीवन खत्री

चाँगुनारायण नगर क्षेत्रका सम्पदाहरुको उत्खनन् एवं संरक्षण गर्छौ : नगर प्रमुख जीवन खत्री
चाँगुनारायण, ७ साउन  । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेको ऐतिहासिक, पुरातात्विक एवं धर्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको सम्पदाहरुको उत्खनन् एवं संरक्षण गर्ने भएको छ । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर साउन महिनामा एक महिने शिव पुराण ज्ञान महायज्ञ एवं विष्णु पुराण ज्ञान महायज्ञको अवसरमा आज चानपा–७ प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नगरपालिकाले सम्पदाको उत्खनन् एवं सरक्षण गर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाको वडा नं. १ देखि ९ सम्म नै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचत गराउन सक्ने गरि अथाह सम्पदा, धार्मिक मठ मन्दिर, एतिहासिक एवं पुरातात्विक महत्वको स्थलहरु छन्, कयौ आझेलमा छन्, कयौ खोज तथा अनुसन्धान र उत्खनन् गर्न पर्ने अबस्थामा छन्, त्यस्ता सम्पदाको नगरपालिकाले खोज तथा अनुसन्धान गर्नेछ र त्यसको संरक्षणमा लाग्नेछ ।”
उहाँले नगरकोट भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले नौ वटै वडाका सम्पदाहरुको संरक्षण, खोज अनुसन्धान गर्न वडा कार्यालयहरुलाई समेत अनुरोध गरेको, स्थानीयले पनि त्यसमा साथ दिन उहाँले आग्रह गर्नुभयो । भेटिएको सम्पदाहरुको उत्खनन्का लागि नगरपालिकाले पुरातत्व विभागको समन्वयमा बिज्ञहरुको परिचालन गरेर त्यसको संरक्षण गर्ने बताउदै उहाँले बागेहिटी र त्रिलोकेश्वरमा पनि उत्खनन्को आवश्यकता रहेकाले स्थानीयले त्यसका लागि सहयोग गर्नु पर्ने बताउनुभयो ।
नगरपालिका क्षेत्रको आर्थिक विकास, सगरमाथाको अवलोकन एवं सर्योदय र सूर्यास्त मात्रै नभई चाँगुनारायण नगपालिका क्षेत्रभित्रका अथाह धार्मिक पर्यटन, पर्या पर्यटनको विकास गर्दै विश्वका पर्यटकलाई आकर्षित गर्न भ्रमण वर्ष सफल हुने उहाँले बताउनुभयो ।
भ्रमण वर्षले यहाँको विकाससंगै यहाँको नागरिकलाई एउटै एकताको सुत्रमा बाधेर विकासमा लगाउने र आर्थिक एवं भौतिक विकासमा समेत फड्को मार्न सफल हुने गरि कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भ्रमण वर्षकै अवसरमा आउँदो दशै र तिहारको बिचमा चाँगुनारायणका प्रसिद्ध लोक गायक स्व. बद्धिकृष्ण लामिछानेको सम्झनामा बुद्धिकृष्ण लामिछाने साँझको आयोजना गर्ने बताउनुभयो ।
नगर प्रमुख खत्रीले भ्रमण वर्षको अवसरमा चाँगुनारायण मन्दिरदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको आगमन अत्याधिक बढेको र विदेशी पर्यटकको आगमनसमेत उच्च रहेको बताउनुभयो । बैशाखबाट सुरु भएको भ्रमण वर्षको एक वर्षको अबधीमा १० लाख आन्तरिक पर्यटक र एक लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य पुरा हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका