Breaking News
चर्चामा:

विश्वको जुनसुकै कुनामा बसेर जुनसुकै विषयमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न नगरपालिका शिक्षामा लगानी बढाइरहेको छ : नगर प्रमुख जीवन खत्री

विश्वको जुनसुकै कुनामा बसेर जुनसुकै विषयमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न नगरपालिका शिक्षामा लगानी बढाइरहेको छ : नगर प्रमुख जीवन खत्री

विश्वको जुनसुकै कुनामा बसेर जुनसुकै विषयमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न नगरपालिका शिक्षामा लगानी बढाइरहेको  छ : नगर प्रमुख जीवन खत्री

चाँगुनारायण (दुवाकोट), २१ साउन । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विश्वको जुनसुकै कुनामा बसेर जुनसुकै विषयमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न नगरपालिका शिक्षामा लगानी बढाइरहेको बताउनु भएको छ ।

दुवाकोटको ऋतम्भरा विद्यालयले यसवर्षदेखि सञ्चालन गरेको कक्षा ११ को उद्घाटन गर्दैै उहाँले भोलीको देशका कर्णाधार र देशको भविश्यको रुपमा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा आर्जन गर्न सक्ने गरि कक्षाकोठा र अध्ययनको वातावरण विद्यालयले बनाउनु पर्ने बताउनुभयो ।

देशको भविश्य निर्माण गर्न सक्ने, असल राष्ट्र निर्माण गर्नसक्ने दक्ष जनशक्ति निर्माणका लागि विद्यालयहरु सक्रिय हुनुपर्ने औल्याउदै उहाँले यसका लागि नगरपालिका सामुदायीक तथा सस्थागत नभनी समान रुपले हातेमालो गर्न तयार भएको बताउनुभयो ।

जिल्लामा रहेका चार नगरपालिका मध्ये चाँगुनारायण नगरपालिकामा श्रीकृष्ण बहुमुखी क्याम्पस र चाँगुनारायण माविमा कक्षा ११ र १२ तथा कलेजको अध्ययन भइरहेकोमा अब भने संस्थागत विद्यालयहरुमा पहिलो पटक ऋतम्भरा विद्यालयले कक्षा ११ का अध्ययन सुरु गरेकोदे गुणस्तरीय शिक्षाका लागि लाग्न आग्रह गर्नुभयो ।
मेयर खत्रीले भन्नुभयो, “म शिक्षा समितिको अध्यक्ष पनि हुँ, भक्तपुर, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा जस्तै चाँगुनारायण नगरपालिकामा पनि उत्कृष्ठ विद्यालय,

कलेज, एकेडेमी स्थापना गर्न नगरपालिकाले उपयुक्त वातावरण बनाएको छ । आगामी वर्ष कक्षा ११ र कलेजको पढाई सुरु गर्न चाहने विद्यालयहरुका लागि आव्हान गर्दछौँ ।” उहाँले विद्यालयलाई आम विद्यार्थी एवं अभिभावकको विश्वास र भरोसा दिलाउने गरि अध्ययन गर्न गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका