नगर प्रमुख जीवन खत्री बधाईको सन्देश बोकेर जव गोमाको टहरा भित्र पस्नुभो …………………………………
चाँगुनारायण, १६ असार।
===========================================================
आफ्नै नगरपालिकाको सरकार जीवन खत्री, गरिबको झुपडीको दैलोमा उभिएर बधाई छ भन्दा गोमा सुरुमा त विश्वास नै गर्न सकिनन् । तर नगरपालिकाका प्रमुख जीवन खत्रीले हामी छौ नी भनेपछि नर्भस झै भएकी गोमाले दैलोमा सरकार उभिएको देखेर अलमलमा पर्दै भित्र बस्न आग्रह गरिन् । नगर प्रमुख जीवन खत्रीले गोमालाई नगरपालिकाको खादा ओढाए पछि भने उनलाई सिंगो देशले, सिगो राज्यले, सिंगो सरकार दैलोमै आएर सम्मान गरे झै अनूभूति भयो ।
===========================================================
इँटाभट्टासंगैको जस्ताको टहरा । गुम्म परेका टहरा भित्र दुई बहिनीसंगै खेलेर बसिरहेकी गोमा श्रेष्ठ । जब आफ्नो दैलोमा गाउँकै सरकार उभिएर मुस्कुराइरहेको देखेर एकछिन त उनी अक्क न बक्क परिन् । “गोमा तिमी नै हो ? ल बधाई छ । एसईईमा चार जिपिए ल्याएर सिंगो चाँगुनारायण नगरपालिका शीर उचो बनाइदिएकी छौँ । तिमीसंग हामी धेरै खुसी छौँ । अब तिमीले उच्च शिक्षा अध्ययन गर्न कहाँ जाने होला भनेर सोचिरहनु पर्दैन, हामी छौँ ।”
आफ्नै नगरपालिकाको सरकार जीवन खत्री, गरिबको झुपडीको दैलोमा उभिएर बधाई छ भन्दा गोमा सुरुमा त विश्वास नै गर्न सकिनन् । तर नगरपालिकाका प्रमुख जीवन खत्रीले हामी छौ नी भनेपछि नर्भस झै भएकी गोमाले दैलोमा सरकार उभिएको देखेर अलमलमा पर्दै भित्र बस्न आग्रह गरिन् । नगर प्रमुख जीवन खत्रीले गोमालाई नगरपालिकाको खादा ओढाए पछि भने उनलाई सिंगो देशले, सिगो राज्यले, सिंगो सरकार दैलोमै आएर सम्मान गरे झै अनूभूति भयो । नगर प्रमुख खत्रीसंगै नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष जनक खत्रीले पनि गोमालाई खादा ओढाएर बधाई ज्ञापन गर्दै उच्च शिक्षा र उज्जल भविश्यका कामना गर्नुभयो ।
चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु मध्येबाट नगरपालिकाका वडा नं ८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनले एसईई परीक्षामा ४ जिपिए ल्याएपछि भने अहिले चर्चामा आएकी छिन् । इँटा भट्टामा बाबुआमासंगै काम गर्दै पढ्दै आएकी उनले जस्ताका टहरा भित्र किताबको पाना पल्टाउने र बाहिर इँटा पल्टाउने गर्दै पढेर पनि उत्कृष्ठता हासिल गरेपछि उनी नमूनाको रुपमा सबत्र चर्चामा छिन् ।
गोमाको यो चर्चा हुनु अगावै एसईइैको नतिजा सार्वजनिक भएको भोली पल्ट आफ्नै कार्यकक्षमा प्रशासकीय प्रमुखसहित नगरपालिकाका केही विभागिय प्रमुखहरुसंगको छलफलमा नतिजाबारे चासो लिदै चार जिपिए ल्याउने गोमालाई कार्यालयमै बोलाएर बधाई कार्यक्रम राख्न र चार जिपिए वf ए प्लस ल्याउने सबैलाई बधाई दिन कार्यक्रम राख्न नगर प्रमुख खत्रीले आग्रह गर्नु भएको थियो ।
तर नगरपालिकामा आयोजना गर्ने कार्यक्रम अगाडिनै नगर प्रमुख आफै गोमाको छाप्रो भित्र पुगेर उनीसंगै उनका बाबुआमालाई पनि बधाई दिएर उच्च शिक्षाका लागि हौसला प्रदान गर्नु भयो । आफ्नो नगरको मेधावी विद्यार्थीलाई नगरपालिकाबाट आवश्यक सहयोग गरिदिने प्रतिवद्धता जनाउदै उहाँले सामुदायिक विद्यालयप्रति जनविश्वास बढ्दै गएको बताउनुभयो ।
उहाँले गोमा र उनका बाबुआमाका प्रंशसा गर्नुभयो । गोमाका र उनका बाबुआमाका दुःखका सुस्केरा सुनेर पढाईका लागि थप आर्थिक समस्या रहेको जानकारी पाएलगत्तै उहाँले नेपाली काँग्रेसका जिल्ला सभापति एवं संघीय सांसद दूर्लभ थापासंग सम्पकै गरेर थापा आफै अध्यक्ष रहेको नासा कलेजमा छात्रबृत्ति दिलाउन प्रस्ताब समेत राख्नु भयो ।
एसईई त जसोतसो सामुदायिक विद्यालयमा चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी बन्न सफल गोमालाई ठूलो खुसीसंगै चिन्ता थियो, अब के पढ्ने, कसरी पढ्ने, खर्च कहाँबाट ल्याउने भन्ने प्रश्नले गाँजिरहेकी गोमाको भविश्यको खोजीको अल्झिएको मौनतालाई चिर्न नगर प्रमुख खत्री उनका लागि असल सरकार बनेर उभिउनु भयो ।
आफ्ना नागरिकको खुसीमा मात्रै होइन दुःखमा पनि साथ दिने पुगिहाल्ने नगर प्रमुख खत्रीले गोमाको भविश्यको बाटोको पहिलो खुटकिलो पार लगाउन जुन मद्दत गरेर सरकारको अनुभूति दिलाउनु भयो । त्यस लगत्तै काँग्रेस सभापति एवं सांसद थापाले मिनालाई आफ्नै घरको सचीवालयको कक्षमा टीका र खादा ओढाएर बधाई मात्रै दिनु भएन नासा कलेजमा निःशुल्क पढ्ने गरि छात्रबृत्ति दिने घोषणा गर्नुभयो । नगर प्रमुख खत्रीले पनि त्यही खादा ओढाएर टीका लगाईदिएर गोमालाई थप प्रेरणा र हौसला प्रदान गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्