Breaking News
चर्चामा:

त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सम्पन्न 

त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सम्पन्न 

त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सम्पन्न 
वागेश्वरी, ५ साउन । चाँगुनारायण नगरपालिका–७ वागेश्वरीस्थित बागेहिटी देवी मन्दिर परिसरमा रहेको  त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सम्पन्न भएको छ ।
मन्दिरमा सुरु भएको एक महिने साउने मेलाको अवसरमा आज सोमबार ११ बजेबाट सयौंको संख्यामा वागेश्वरीस्थित वागेहिटीबाट सुरु भएको कलश (जल) यात्रा पशुपति मन्दिरसम्म पुगेको थियो । पशुपतिमा जलार्पण गरि पुनः पशुपति मन्दिरबाट जल भरेर फर्केको कलश यात्रा त्रिलोकेश्वर महादेव मन्दिरमा ल्याएर जलार्पण गरिएको महायज्ञ आयोजना समितिका प्रचार संयोजक रमेश अधिकारीले जानकारी दिनुभयो ।
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर पारेर वागेहिटी संरक्षण समितिद्वारा आज सोमबारदेखि वागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा सञ्चालन गरेको श्रावणी महोत्सवको पहिलो दिन पशुपतिसम्मको कलश यात्रा गरि जलार्पण गरिएको उहाँले जानकारी दिनुभयो ।
तीनतले महादेवको नाममा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी महोत्सवसंगै साउन ५ गतेदेखि १९ गतेसम्म शिव पुराण ज्ञान महायज्ञ र साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना हुने बताउदै उहाँले महायज्ञमा विदुषी वाचिका यशोधा देवीबाट कथा प्रवचन हुने जानकारी दिनुभयो ।  महोत्सवको मंगलबार चाँगुनारायण नगरपालिकाका  नगर प्रमुख जीवन खत्रीबाट उद्घाटन गरेसंगै महोत्सव एवं कथावाचन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका