Breaking News
चर्चामा:

चाँगुनारायणका विपद्का दृष्टिकोणले जोखिमयुक्त क्षेत्रको अनुगमन र निरीक्षण ।

चाँगुनारायणका विपद्का दृष्टिकोणले जोखिमयुक्त क्षेत्रको अनुगमन र निरीक्षण ।

चाँगुनारायणका विपद्का दृष्टिकोणले जोखिमयुक्त क्षेत्रको अनुगमन र निरीक्षण ।

मनसुनजन्य प्राकृतिक विपद्का सम्भावित जोखिमलाई मध्यनजर गर्दै चाँगुनारायण नगरपालिकाको पहलमा आज एक उच्चस्तरीय निरीक्षण टोलीले नगरपालिका क्षेत्रभित्रका जोखिमयुक्त तथा प्रभावित स्थानहरूको अनुगमन तथा निरीक्षण गरेको छ।

उक्त टोलीमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, रणशेर गणका गणपति नीरज प्रताप राणा, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी, सहायक प्रमुख जिल्ला अधिकारी चिञ्जीबी भण्डारी, सशस्त्र प्रहरी बल दुवाकोट गणका नायव उपरीक्षक नवराज बोहोरा, तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरका उप अनुसन्धान निर्देशक टेकराज तिमिल्सिनाको सहभागिता रहेको थियो

                                                                        टोलीले विशेष गरी चाँगुनाराण मन्दिर जाने इन्द्रे   को खोल्चा, वडा नं ५ बाट तेलकोटतर्फ जाने पहिरो प्रभावित सडकखण्ड, तथा नगरकोट सडक खण्ड क्षेत्रहरूको निरीक्षण गरेको थियो।

साथै, निरीक्षण टोलीमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत मोहन कुमार श्रेष्ठ, विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापा, इन्जिनियर विनुप ढुंगाना, सूचना प्रविधि अधिकृत रोशन सिवाकोटी लगायतका कर्मचारीहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।

उक्त निरीक्षणबाट जोखिम न्यूनीकरण, तत्कालीन आवश्यक उपाय तथा दीर्घकालीन पूर्वाधार योजनाका सन्दर्भमा सिफारिसहरू संकलन गरिनेछ भन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका