चाँगुनारायण नगरपालिकामा आएर हिलो छ्याप्ने काम अत्यन्तै निन्दनीय
चाँगुनारायण (खरिपाटी), ६ भदौ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नो स्वार्थ अनुकूल भएन भनेर चाँगुनारायण नगरपालिकामा आएर हिलो छ्याप्ने काम अत्यन्तै निन्दनीय रहेको बताउनु भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. २ कार्यालय मा शुक्रबार आयोजना गरेका कार्यक्रममा बोल्दै उहाँले चाँगुनारायण नगरपालिकाको सन्दर्भमा आएका कुनै पनि गलत कुराको पछाडि नलाग्न आमनगरवासीलाई आव्हान गर्नु भएको छ ।
नगर प्रमुख खत्रीले भन्नुभयो, ‘हामी नगरकोट भ्रमण वर्ष मार्फत हरेक मठ, मन्दिर शिवालय, देवालयहरुलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेका छौँ. । हाम्रो नगरपालिकालाई अहिले आफ्नो स्वार्थ अनुकूल भएन भनेर स्वार्थी समूहले नगरपालिकामा आएर हिलो छ्याप्ने काम गरेको छ, यो अत्यन्तै निन्दनीय छ, दुखद छ, यस्तो गलत कुराको पछाडि नलाग्न नगरवासीलाई अनुरोध गर्दछु ।’
उहाँले चाँगुनारायण नगरपालिकाले पर्यटन भ्रमण वर्ष आयोजना गरेर यहाँको धर्म, कला, संस्कृति, परम्परा, मूर्त, अमूर्त सम्पदाको प्रचारप्रसार सम्बर्दन, प्रबर्दन गर्दै चाँगुनारायण नगरपालिका क्षेलाई धार्मिक पर्यटकीय क्षेत्रको घोषणा गर्न आफूहरु लागिरहेको बताउनु भयो ।
भक्तपुर जिल्ला भरीलाई नै धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेर अगाडि बढ्ने प्रयासमा हामी निरन्तर रुपमा लागिरहेका छौँ भन्दै नगर प्रमुख खत्रीले भन्नुभयो,“ केही सामाजिक सञ्जालमा वडा नं. २ को वडा कार्यालयमा नीलबाराही मन्दिरको संरक्षणको सन्दर्भमा आएर अनरर्गल, अनावश्यक र अतिरिञ्जित कुराहरु मिडियामा गरेर नगरपालिकाले नीलबाराही मन्दिर बनाउन दिएन, नगरपालिकाले नीलबाराही मन्दिरलाई हेला गर्यो, भनेर अतिरञ्जित कुराहरु मिडियामा गरेर केही सामाजिक अभियन्ताहरुले कानून भन्दा माथि नियम भन्दा ठूलो मै हो, सबै कुरा मैले भनेको ठिक हो, अरु कुरा हामीलाई थाहा छैन, भन्ने भाष्यले समाजलाई दिग्भ्रमित गरेको छ, यो अत्यन्तै निन्दनीय छ, अत्यन्त गलत मनसायले गरेको छ ।”
उहाँले नीलबाराही हामी सबैको इष्ट देवता भएको बताउदै नीलबाराही हाम्रो पनि सम्पदा भएकाले नीलबाराही बचाउन हामीले पनि साथ र सहयोग दिइरहेका छौँ, उहाँले भन्नुभयो ।
आफ्नो व्यक्तिगत अभिष्ट पुरा गर्न धार्मिक सहिष्णुतालाई भंग गर्ने, विभाजित गर्ने मनसायले व्यक्ति केन्द्रीत भएर समुदायलाई स्खलित गर्ने प्रयास भएको बताउदै उहाँले भन्नुभयो, “यस्ता कार्य अत्यन्त निन्दनीय छ, हामी सबै कानून, बिधि र बिधानमा बाँधिएका छौ । त्यो बिधि र बिधान सबैले पालना गर्नुपर्छ । त्यो पालना नगर्ने सन्दर्भलाई जोडेर, धार्मिक आस्थासंग जोडेर कसैको मनोभावना र कसैको धार्मक आस्था माथि प्रहार गरि धार्मिक अखण्डतालाई बिखण्डन गराउने प्रबृत्तिलाई निरन्तसािहत गराउनु पर्छ , हामी नीलबाराही मन्दिरको संरक्षण, प्रबद्र्धन गर्दै नीलबाराहीलाई विश्व सम्पदा सूचीँमा सुचिकृत गराउनका लागि चाँगुनारायण नगरपालिकाले गर्नु पर्ने त्याग र तपस्याले जे गर्नु पर्छ त्यो हामी निस्वार्थ रुपले गर्छौ ।”
नगरकोट भ्रमण वर्ष मार्फत हरेक मठ मन्दिर शिवालय, देवालयहरुलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको चाँगुनारायण नगरपालिकालाई अहिले आफ्नो स्वार्थ अनुकूल भएन भनेर हिलो छ्याप्ने काम गरेको भन्दै उहाँले यस्ता कार्य अत्यन्तै निन्दनीय, दुखद रहेको भन्दै यस्ता गलत कुराको पछाडि नलाग्न नगरवासीलाई उहाँले अनुरोध गर्नुभयो । नीलबाराहीको उचित संम्बद्र्धन, प्रबद्र्धन र भौतिक विकास गर्न चाँगुनारायण नगरपालिका जहिले पनि सकारात्मक, सहयोगी र धार्मक उत्कृष्ठताका लागि साथ र सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्