Breaking News
चर्चामा:

ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा कलश यात्रा

ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा कलश यात्रा

ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा कलश यात्रा

झौखेल, ५ साउन ः चाँगुनारायण नगरपालिका वडा नं. ३ स्थित ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिरमा सयौं महिलाहरुले जलार्पण गर्दै आज सोमबार मेला भरेका छन् । स्थानीयले मनोहरा खोलाको जल कलशमा भरि कलश यात्रा गर्दै मन्दिरमा जलार्पण गरि मेला भरेका हुन् ।

आज साउन महिनाको पहिलो सोमबार र एकादशीको दिन स्थानीय महिलाहरु ब्रत बसी महादेवको पूजा एवं दर्शन गरि मेला भरेको स्थानीय श्रीकृष्ण केसीले जानकारी दिनुभयो । साउन महिनाभरि लाग्ने मेलामा हरेक सोमबार स्थानीयको मेला भर्न भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका