Breaking News
चर्चामा:

चाँगुनारायण नगरपालिकाका सम्पूर्ण नागरिकको सुख, शान्ति, सम्बृद्धिका लागि नागरिकलाई नै केन्द्रबिन्दुमा राखेर काम गरिहेका छौं : नगर प्रमुख जीवन खत्री

चाँगुनारायण नगरपालिकाका सम्पूर्ण नागरिकको सुख, शान्ति, सम्बृद्धिका लागि नागरिकलाई नै केन्द्रबिन्दुमा राखेर काम गरिहेका छौं : नगर प्रमुख जीवन खत्री

चाँगुनारायण नगरपालिकाका सम्पूर्ण नागरिकको सुख, शान्ति, सम्बृद्धिका लागि नागरिकलाई नै केन्द्रबिन्दुमा राखेर काम गरिहेका छौं : नगर प्रमुख जीवन खत्री

-चाँगुनारायण नगरपालिकामा आएर घर बनाएर बस्न पाए पनि हुन्थ्यो भन्ने गरि नगरपालिका क्षेत्रलाई सम्पूर्ण रुपमा श्रोत, साधनबाट उत्कृष्ठ वासस्थानको रुपमा नगर पालिकाको रुपमा विकास गर्दै सम्बृद्धिको यात्रामा लागिरहका छौं ।

-यहाँका सबै घरदैलोमा योग, साधना, ध्यान, आध्यात्मिक कार्यक्रमहरु पुर्याउनु पर्छ भनेर नगरपालिका निरन्तर रुपमा लागिरहेको छ । 

-योग, ध्यान, साधना मार्फत सम्बृद्ध समाज, सुसंस्कृति समाज निर्माणमा हामी जुटिरहेका छौँ । 

-समाजमा केही भएकै छैन, केही गरेकै छैन, केही पाएका छैनौ, केही गर्दै गरेको छैन, सबै खत्तम भइसक्यो भन्ने भाष्य सृजना गरेर समाजलाई चिन्तित बनाएको छ । 

================================================

चाँगुनारायण, ८ भदौ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सभ्य र सुसंस्कृति समाजको निर्माणका लागि योग साधना सबै भन्दा उत्कृष्ट साधनका रुपमा रहेको बताउनु भएको छ ।

आज आइतबार पतञ्जली योग समिति भक्तपुरको १९ औ स्थापना दिवसमा बोल्दै उहाँले यसै कुरालाई मनन गर्दै नगरपालिकाले यहाँका सबै घरदैलोमा योग, साधना, ध्यान, आध्यात्मिक कार्यक्रमहरु पुर्याउनु पर्छ भनेर नगरपालिका निरन्तर रुपमा लागिरहेको बताउनु भयो । नगरपालिकाका प्रत्येक नगरवासीले आफ्नो विहानीको पहिलो समय योग, ध्यान र साधना मार्फत जीवनको अरु क्रियाकलाप अगाडि लैजाने वातावरण, परिवेश निर्माणका लागि योग समितिबाट सहयोग प्राप्त गरिरहेको र पतञ्जली योग समितिको केन्द्र, प्रदेश, जिल्लाबाट साथ र सहयोग हुने विश्वास व्यक्त गरेको उहाँले बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “योग, ध्यान, साधना मार्फत सम्बृद्ध समाज, सुसंस्कृति समाज निर्माणमा हामी जुटिरहेका छौँ , हाम्रो आवश्यताहरु, हाम्रो चाहनाहरु असिमित छन्, त्यसलाई क्रमशः पुरा गर्दै जानु पर्छ । योग, साधना, ध्यानमा लागेका सबैले समाजमा सकारात्मक सोच, उर्जा, चिन्तन पैदा गरेर भोलीको समय र पुस्तालाई अझ सुन्दर बनाउन हामी सधै लागिरहेका छौँ ।”

योग साधनालाई अझै प्रभावकारी रुपमा र व्यबहारिक रुपमा लागू गर्ने तथा अरुले पनि अनुशरण गर्ने गरि लैजानु आवश्यक रहेको बताउदै उहाँले समाजमा बढ्दो नकारात्मक चिन्तनलाई चिर्दै समाजलाई सकारात्मक बाटोमा लैजानु आजको आवश्यकता रहेको बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “समाजमा नकारात्मक चिन्तन बढ्दै गएको छ । समाजमा केही भएकै छैन, केही गरेकै छैन, केही पाएका छैनौ, केही गर्दै गरेको छैन, सबै खत्तम भइसक्यो भन्ने भाष्य सृजना गरेर समाजलाई चिन्तित बनाएको छ त्यसलाई चिर्नका लागि योग साधना, ध्यानमार्फत साधक, साधिकाले समाजको अग्रमोर्चामा आएर सबै कुरा सम्भव छ, हामीले गर्यौ भनेर हुन्छ, हामी गर्छौ भनेर सकारात्मक उर्जा पैदा गर्नु आवश्यक छ ।”

विश्व सम्पपदा सुचीमा रहेको चाँगुनारायण मन्दिरको नाममा रहेको चाँगुनारायण नगरपालिकाका सम्पूर्ण नागरिकको सुख, शान्ति, सम्बृद्धि र दीर्घायुको कामना गर्दै बिभिन्न विषयमा नागरिकलाई नै केन्द्रबिन्दुमा राखेर काम गरिहेको उहाँले बताउनुभयो । उहाँले नगरपालिकाले कति अभावका बाबजुत काम गरिरहेको बताउदै अझै कति काम गर्न बाँकी रहेकाले ती कामहरुलाई सकारात्मक र रचनात्कम रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकामा आएर घर बनाएर बस्न पाए पनि हुन्थ्यो भन्ने गरि नगरपालिका क्षेत्रलाई सम्पूर्ण रुपमा श्रोत, साधनबाट उत्कृष्ठ वासस्थानको रुपमा नगर पालिकाको रुपमा विकास गर्दै सम्बृद्धिको यात्रामा लागिरहको चर्चा गर्नुभयो ।

चाँगुनारापयण नगरपालिकाले भ्रमण वर्ष–२०८२ मनाइरहेका बताउदै उहाँले भन्नुभयो, “भ्रमण वर्षको अवसर पारेर हाम्रो क्षेत्रको कला, संस्कृति, परम्परा, हरेकका कला, संस्कृति, संस्कारलाई उजागर गर्दै सबैको सहभागिता, क्रियासिलता, सबैको अपनत्व भावना सृजना गर्दै हाम्रा नगरपालिकाकाको निर्माण, संरक्षण, संम्बद्र्धन र प्रबद्र्धन गर्ने गरि सबै नगरवासीलाई जुटाउन भ्रमण वर्ष मार्फत लागिरहेका छौं।”

भ्रमण वर्षको यो अवसरलाई चाँगुनारायणको साँस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रको भ्रमण गरेर मनाउन आग्रह गर्दै उहाँले योग साधानाको महत्व, आवश्यकता, सान्दर्भिकता र उपलब्धितालाई समाजमा कार्यान्वयन गर्दै लैजानु पर्ने औल्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका