चाँगुनारायण नगरपालिकाको विकासमा एक भएर जाने जनप्रतिनिधि र कर्मचारीबीच सहमति
चाँगुनारायण (खरिपाटी), २ माघ । चाँगुनारायण नगरपालिकाको विकासमा जनप्रतिनिधि र कर्मचारी एकताबद्ध भएर जाने सहमति भएको छ । विवादसंगै मंगलबारदेखि कार्यालयमा नआउनु भएका नगरपालिकाका प्रशासकीय प्रमुख मोहनकृष्ण श्रेष्ठ सहमति पछि आजबाट नियमित काममा फर्कनु भएको छ । नगरपालिकामा गत सोमबार वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्का र नगरपालिकाका प्रशासकीय प्रमुख मोहनकृष्ण श्रेष्ठबीच कार्यकक्षमै भएको विवादपछि निस्कनु भएका श्रेष्ठ कार्यालय आउनु भएको थिएन ।
विवाद पछि नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, वडाध्यक्ष खड्का, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ र प्रशासनका अधिकृत सुरज पौडेलसहितको छलफल पछि भएको सहमति लगत्तै नगर प्रमुख खत्रीले बिज्ञप्ती जारी गर्दै नगरपालिकको विकासमा जनप्रतिनिधि र कर्मचारी एकमत भएर अगाडि जाने बताउनुभयो ।
नगर प्रमुख खत्रीले सार्वजनिक सेवा प्रवाहका क्रममा जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीहरुले प्रचलित कानूनको दायरामा रहेर निर्धककसंग काम गर्न र कोही कसैबाट कानून विपरित हुने कुनै कार्य गरेमा वा भएमा तत्कार्ल कानूनी दायरामा ल्याउने गरि सहमति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीबीच कहिले काँही वादविवाद र असमझदारीलाई आपसी छलफलबाट सुल्झाई नगरपालिकाको विकास र कार्य सम्पादनमा अझै निखारता आउने परिपक्कवता आउछ, सबै जनप्रतिनिधि र कर्मचारी एक भएर जिम्मेवारी पूर्वक नगर बनाउने काममा लाग्ने विश्वास लिएको छु ।”
पालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकामा आउँने समस्या र त्यसलाई सुल्झाउन सहमतिको बाटो उपयुक्त भएकाले छलफलबाटै समस्याको निकाश निकालेर विकासमा एकताबद्ध भएर लाग्ने निर्णय गरेको बताउनुभयो ।
नगरपालिकाका प्रशासकीय प्रमुख श्रेष्ठले नगरपालिकाको विकासको सन्दर्भमा दबाबमा नभई कानून, बिधि र प्रक्रिया पुर्याएर आएका कुनै पनि काम सम्पन्न गर्न सहजिकरण गर्दै कुनै समस्या आएमा नगर प्रमुखसंग छलफल गरेर अगाडि जाने सहमति भएको बताउनु भयो ।
वडाध्यक्ष खड्काले नगरसभाले पारित गरेका कामलाई जनताको चाहना अनुरुप सहजिकरण गर्न र बिधि प्रक्रिया पुर्याएर आएको कामलई छिरो छरितो प्रशासनबाट अगाडि बढाउने र आगामी दिनमा विवाद नगरी विकासमा अगाडि जाने सहमति भएका बताउनुभयो ।
समग्र कर्मचारीको तर्फबाट छलफलमा रहनु भएका प्रशासन महाशाखाका अधिकृत पौड्लले छलफलका क्रममा वडाध्यक्षबाट सोमबारको घट्ना नियोजित नभएको र आगामी दिनमा त्यस्ता कार्य नहुने र प्रशासकीय प्रमुखबाट पनि सेवालाई प्रभावकारी बनाएर लैजानेबारेमा छलफल र सहमति भएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले नगरपालिकामा कुनै पनि विवादका कारण नभई प्राबिधिक समस्याका कारण स्थगन गरेको नगरसभा केही दिनभित्रै सम्पन्न गनेै गरि तयारी गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्