Breaking News
चर्चामा:

दुवाकोटमा पहिलो पटक गाईजात्रा ‘समाबेशी घिन्ताङ्गघिसी नाच प्रर्दशन

दुवाकोटमा पहिलो पटक गाईजात्रा ‘समाबेशी घिन्ताङ्गघिसी नाच प्रर्दशन

दुवाकोटमा पहिलो पटक गाईजात्रा ‘समाबेशी घिन्ताङ्गघिसी नाच प्रर्दशन

चाँगुनारायण (दुवाकोटं) ३२ साउन । चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा पहिलो पटक गाईजात्रा ‘समाबेशी घिन्ताङ्गघिसी नाच प्रर्दशन गरिएको छ ।

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका वडा नं २ ले आयोजना गरेको ‘समाबेशी घिन्ताङ्गघिसी’ भव्य रुपमा सम्पन्न भएको वडा नं. २ का वडाध्यक्ष सोम प्रधानले जानकारी दिनुभयो ।

वडा कार्यालय र समावेशी घिन्ताङ्गघिसी संचालक समिति दुवाकोटले संयुक्त रुपमा आयोजना गरेको ‘समाबेशी घिन्ताङ्गघिसी कार्यक्रम’ दुवाकोट मोडबाट सुरु भई वडा नंं २ का बिभिन्न क्षेत्रहरुको परिक्रमा गरि समापन गरिएको वडाध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

नगरपालिकाले आयोजना गरेको नगरकोट भ्रमण वर्ष सफल पार्न र आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाइए आकर्षित गर्न विभिन्न समुदायका सांस्कृतिक पहिचान झल्किने प्रदर्शन सहित कार्यक्रममा सहभागि भएको बताउनुभयो ।

उहाँले कार्यक्रमको तयारी पुरा भएको जानकारी दिदै कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने गरि तयारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

www.changunarayansamachar.com

चाँगुनारायण समाचार

सुझाब पेटिका