झौखेलमा सञ्चालित पाँच खानेपानी उद्योगमा प्रतिबन्ध : उपप्रमुख रमेश बुढाथोकी
भक्तपुर, ९ साउन । चाँगुनारायण नगरपालिकले झौखेलका क्षेत्रहरुमा सञ्चालनमा रहेको पाँच वटा खानेपानी उद्योग माथि प्रतिबन्ध लगाएको छ । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उत्पादन गर्ने उद्योगलाई आजकै मितिदेखि पानी बिक्री वितरण गर्न नपाउने गरि प्रतिबन्ध लगाएर कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालनमा रहेको खानेपानी उद्योगहरुले बिक्री वितरण गर्दै आएको खानेपानीमा मानवीय स्वास्थ्यका लागि हानिकारक ईकोली, कोलिफार्म, एमोनिया (Ecoli & Coliform, Amonia) लगायतको तत्वहरु पाईएपछि आजकै मितिदेखि पानी उद्योगहरुले पानीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको नगरपालिकाका उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।
नगरपालिकाले झौखेलस्थित जय छुमा गणेश खानेपानी उद्योग, ओके मिनिरल वाटर प्रा.लि, झौखेल उच्च वेभरेज प्रा.लि, एसएन टप वेभरेज प्रा.लि, एक्वाराज पानी, , भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रा.लि, र कर्णाली मिनरल वाटर प्रा.लिबाट उत्पादित पानी उद्यागमा अनुगमन गरि खान यौगन नभएको पानी उद्योगहरुको पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको उहाँले जानकारी दिनुभयो । भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रा.लि मा आवश्यकता भन्दा बढी एमोनिया भेटिएकाले तत्काललाई प्रतिबन्ध नलगाए पनि सचेत भने गराईएको उहाँले जानकारी दिनुभयो ।
गतसोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठसहित अनुगमनि समितिका सन्तोषी नेपाली, वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, निलाकुमारी घिमिरे, वास संयोजक सुरेन्द्र लामिछाने, बिभिन्न विषयत समितिका प्रतिनिधिहरुलगायतले पानी उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाईको अवस्था, दर्ता तथा नविकरणको अबस्थालगायतकोबारेमा स्थलगत निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा खानेपानीको उत्पादनमा धेरै समस्या देखिएको, गुणस्तरमा कैफियत भेटिएको र पानीको शुद्धतामा समेत ध्यान नदिएको पाइएपछि सोही दिन पानीको नमूना संकलन गरि ल्याबमा परीक्षणका लागि पठाएको थियो । लामो समयदेखि यहाँका खानेपानी उद्योगहरुको गुणस्तरीय मापन गर्ने गरि अनुगमन हुन नसक्दा मनोमानी र लापर्वाही गरि पानी उत्पादन गरेर बिक्री गर्दै आएको गुनासो बढेको थियो ।
नगरपालिकाको निर्देशनको अबज्ञा गर्ने उद्योगहरूलाई नियमानुसार कानुनी कारबाही गरिने जनाएको छ । झौखेलमा मात्रै ५० वटा भन्दा बढी खानेपानी उत्पादन गर्ने उद्यागहरु सञ्चालनमा छन् । यहाँबाट उत्पादित पानी र जार र बोतलमा शिलबन्दी भएर बजारमा बिक्रीका लागि लगिन्छ भने भक्तपुरबासीले ट्यांकरबाटसमेत बिक्री गर्दै आएको थियो ।
पानी उत्पादन कम्पनीहरुलाई पानीको गुणस्तर मापनका लागि ल्याबको समेत व्यबस्था गर्न निर्देशन दिएको थियो । नगरपालिकाको निर्देशनको अबज्ञा गर्ने उद्योगहरूलाई नियमानुसार कानुनी कारबाही गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्